ट्रेण्डिङ

नेपालगन्ज : नेपाली आकाश यतिवेला असुरक्षित बन्दै गएकाे देखिएकाे छ । पछिल्लो समय नेपाली आकाशमा निरन्तर भएका दुर्घटनाले पनि यस्ताे देखाएको छ ।

केही समयअघि काठमाडौंमै साैर्यकाे हवाईजहाज दुर्घटना भएको थियाे । त्यस लगत्तै कर्णालीकाे सुर्खेतमा हेलिकप्टर आकस्मिक अवतरण गर्नु परेकाे थियाे ।

यद्यपि सरकार नेपाली आकाश सुरक्षित बनाउने तर्फ उदासीन नै देखिएकाे छ । नेपाली आकाश किन असुरक्षित भैरहेकाे छ त्यसकाे गतिलाे अनुसन्धान हुन सकेकाे देखिदैन ।

माथिका दुई घटनमावारे अध्ययन हुन नपाउदै नुवाकाेटमा हेलिकप्टर दुर्घटना भएकाे छ । जहाँ पाँचजनाले ज्यान गुमाउन परेकमे छ ।

यता बाँकेको राप्तीसाेनारिमा हेलिकप्टर आकस्मिक अवतरण गर्नुपर्ने अबस्था आउनुले पनि नेपाली आकाश उच्च जाेखिममा रहेकाे स्पष्ट भएकाे छ । महिना दिनमै चारवटा दुर्घटना हुनुलाई सामान्य रूपमा लिन हुँदैन ।

सडक दुर्घटनाले आजित भएकम नेपाली आकाश असुरक्षित बन्दै गएपछि झनै चिन्तित बनिरहेका छन । नेपाली आकाश असुरक्षित किन भैरहेको छ यसवारे गतिलाे ध्यन गरि त्यसकाे समाधान तर्फ लाग्न जरुरी देखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय