नेपालगन्ज : निरक गुरुङकाे अध्यक्षतामा रहेकाे नेकपा एमाले बाँकेले तीन महिनाकाे अबधिमा दुईजटा निर्णय गरेकाे छ । तर, यी दुबै निर्णयमा उक्त कमिटी पुर्ण रूपमा असफल देखिएकाे छ ।
एमालेले गरेकाे अधिवेशनकाे प्रतिवेदनका लागि कार्यदल गठन र दाेर्साे सचिवालय गठन तथा जिम्मेवारी बाँडफाँडमै वर्तमान कमिटी असफल देखिएकाे छ ।
अघिपछि विधि र विधाजका ठुला कुरा गर्ने अध्यक्ष गुरुङ, उपाध्यक्ष रत्न खत्री, सचिव बलराम भट्टराईलाई समेत एमालेकाे विधि वपधान र सचिवालय गठनकाे मापदण्डका वारे जानकारी नभएको देखिएकाे छ ।
केन्द्रीय सदस्यहरुकाे निर्देशनमा पाटि अध्यक्ष गुरुङ लगायत पदाधिकारीले मनपरि ढंगले जिम्मेवारी बाँडफाड गरेकाे नेता कार्यकर्ताकाे गुनासाे छ ।
१ सय २० जनाकाे जिल्ला कमिटीमा विधानत ३० जना सचिवालय सदस्य रहने भएपनि केन्द्रीय सदस्यहरुकाे दबाबमा पदाधिकारीले ४० जनालाई पहिले सचिवालयमा राखेका थिए ।
विधान विपरीत मनपरि ढंगबाट भएकाे उक्त कामकाे नेता कार्यकर्तासँगै लुम्बिनी प्रदेश सदस्यले आलाेचना गरेपछि पदाधिकारीले रातारात अघिल्ला ४० मध्ये १० जनाकाे नाम हटाएर सचिवालय सदस्यकाे संख्या ३० मा झारेका थिए ।






