नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारलाई पूर्णता दिन ढिलाइ भएको छ । मुख्यमन्त्री कार्यालयबाहेक १२ मन्त्रालय रहेको प्रदेशमा अहिलेसम्म मुख्यमन्त्रीसहित ९ जना मन्त्री छन् ।
तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्य आफैँले सम्हालेका छन् । मुख्यमन्त्री आचार्यको जिम्मेवारीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छ ।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले केही साना दललाई पनि समेट्ने योजना बनाएको छ । वर्तमान सरकारमा सामेल हुन जसपा, लोसपा नेपाल र नागरिक उन्मुक्ति र जनमत पार्टी इच्छुक छन् ।
यद्यपि, सरकार विस्तारका सन्दर्भमा खासै छलफल भएको छैन । मुख्यमन्त्री आचार्य भने राजनीतिक भेटघाटका लागि काठमाडौँ सयर गरिरहेका छन् ।






