ट्रेण्डिङ

नेपालगन्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर अफवाह फैलाएका छन ।

प्रधानमन्त्रि पहलमा मापदण्ड र विधि मिचेर मुख्यमन्त्री भएका मुख्यमन्त्री आचार्य प्रधानमन्त्रि वलिकाे नजिकका बिश्वास पात्र मानिन्छन । यसरी झुट सुचना सार्वजनिक गरेर मुख्यमन्त्रीले आम एमाले नेता कार्यकर्तामा अफवाह फैलाएका छन ।

मुख्यमन्त्री आचार्यको भनाईलाई आधार मानेर विभित्र सन्चार माध्यममा समाचार प्रकाशित भएलगत्तै प्रधानमन्त्रीको सचिवालयले सो भनाई गलत रहेको बताएकाे छ । यसले मुख्यमन्त्री आचार्य आलाेचित बनेका छन ।

प्रधानमन्त्रीको सचिवालय सदस्यहरुले आफूहरुले प्रधानमन्त्री बिरामी परेको जानकारी नदिएको र उहाँको स्वास्थ्य अवस्था ठीक रहेको बताएकाे छ । प्रधानमन्त्रीको सचिवालयले यो जानकारी दिएसँगै मुख्यमन्त्री आचार्यले उहाँको बारेमा अफवाह फैलाएको तथ्य पुष्टि भएको हो ।

सवै मन्त्रीसहित संघीय राजधानी काठमाडौं आएका मुख्यमन्त्री आचार्यले प्रधानमन्त्री ओलीको स्वास्थ्य बिग्रिएको कारण शुक्रवार र शनिवारको सवै कार्यक्रम स्थिगत भएकाे बताएका थिए ।

तर, शनिवार बिहानै प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि उनि बिरामी परेको कुरा पनि सही नभएको पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय