नेपालगन्ज : कथाबाचक दिनबन्धु पाेखरेलले बाँकेका राप्ती नदिस्थित सिधनियाघाटमा अत्याधुनिक शवदाहगृहका लागि सहयाेग गर्ने भएका छन ।
नेपालगन्जमा भेटिएका पाेखरेलले यहाँका केही नागरिक अगुवाले साे क्षेत्रमा धार्मिक महत्त्वकाे काम गर्न लागेकाले आफुले पनि सहयाेग गर्ने मनशाय राखेकाे बताएका छन ।
आबश्यक परे कथाबाचन समेत गर्ने याेजना रहेकाे तर्फ संकेत गर्दै उनले अहिले के गर्ने भन्ने बिषय छलफलमा रहेकाे जानकारी दिए ।
सिधनियाघाटमा शवदाहगृहका लागि केहि महिना यता बाँकेका नागरिक अगुवाले सक्रियता देखाउँदै आएका छन । जसका लागि जग्गामा बयाना गर्ने र डिपिआरकाे काम हघि बढाउने प्रक्रिया अघि बढेको भाेला महत बताउँछन् ।






