नेपालगन्ज : नेपालमा पछिल्लो समय न्याय सम्पादन र बहसमा कानुन व्यवसायीसङ्गै अदालतहरु पनि प्रविधिमैत्री बन्दै गएको देखिएको छ ।
जसकाे पछिल्लो उदाहरणा नेपालगन्जमा देखिएकाे छ । कानुन व्यवसायी विकास आचार्यका अनुसार उच्च अदालत सुर्खेतकाे जुम्ला इजलासमा दर्ता भएको एक मुद्दामा कानुन व्यवसायीले नेपालगन्जबाटै भर्चुअल माध्यमबाट बहस गरेका छन ।
कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका बिरुद्ध परेकाे उजुरीमा नेपालगन्जका कानुन व्यवसायीले उक्त प्रविधिका माध्यमबाट रितपुर्वक बहस गरेकाे आचार्यले सामाजिक सन्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन ।






