नेपालगन्ज : सामाजिक सन्जालमा नागरिक समाजका अगुवा श्रीराम सिग्देलले स्टार्टस पाेष्ट गरे लगत्तै सिद्धपाइला अनलाइनले लेखेको समाचारलाई पच्छाउँदै ट्राफिक नेपालगन्जले चारबाहिनिमा अलपत्र गाडी व्यवस्थापनमा एक्शन लिएको देखिएकाे छ । तर, समाचार आउदा पनि नेपालगन्ज उपमहानगरपालिका उदासीन नै रहेकाे छ ।
सिद्धपाईलाले ” एक बर्षदेखि गाडी अलपत्र : उदासीन ट्राफिक र नगर ” शिर्षकमा समाचार लेखेकाे २ घण्टामा यसकाे व्यवस्थापन र मालिक खाेजिमा ट्राफिकले चासाे देखाए साे सडकबाट गाडी हटाएकाे ट्राफिकका एक अधिकारी बताउछन । उक्त गाडि याे सडकमा करिब एक बर्षदेखि रहेकाे थियाे ।
सिग्देलले सामाजिक सन्जालमा उक्त गाडीको तस्बिर सहित गाडि घाम र पानीको कारण असुरक्षित भैरहेकाेले जसकाे गाडि भएपनि सुरक्षित स्थानमा राख्न भनेका थिए ।
यसरी सडकमै गाडि अलपत्र छाेडिदा अन्य सवारीलाई आवतजावतमा समस्या भएकाे थियाे । दुर्घटनाको जाेखिम समेत साे स्थानमा देखिएकाे थियाे । गाडी हटाएपछि याे समस्या समाधान भएको छ ।






