नेपालगन्ज : बस्ती व्यवस्थापनका नाममा बाँकेमा वन अतिक्रमण बढिरहेको छ । बाँकेमा हालसम्म ८ हजार १ सय ६६ हेक्टर वन अतिक्रमण भएको सरकारी तथ्यांकले देखाउँछ ।
तर, याे एकिन तथ्यांक भने हाेइन यसमा केही घटबट हुनसक्ने वन कार्यालयका अधिकारी नै बताउँछन् ।
वन क्षेत्र अतिक्रमण गरेर बसेका चार हजार ३४ घरधुरीले अहिले पनि जमीन छाड्न नमानेको कार्यालय जनाएको छ । बाढीपीडितले शुरुमा अस्थायी बस्ती बसाल्दै आए पनि पछि जमीन छाड्न नमान्ने भएकाले समस्या बढेको छ ।
बस्ती बसेका घरधुरीलाई वन क्षेत्रबाट खाली गराए पनि फेरि सोही स्थानमै बस्न थालेका छन् । कतिपयले जमीन खाली गर्न नखोज्दा बलपूर्वक खाली गराउनुपर्ने बाध्यता छ ।






