नेपालगन्ज : बाँकेकाे सिधनियाघाटमा अत्याधुनिक शवदाहगृह निर्माण गर्ने भनि अभियान थाल्दा डाक्टर सुरेश कनाेडियाकाे नेतृत्वमा बनेकाे समितिप्रती यतिबेला चाैतर्फि विराेध र आलाेचना भैरहेका छन ।
शवदाहगृह निर्माणकाे अभियान ठिक भएपनि उक्त समितिमा स्थानीयलाई सहभागी नबनाई स्थानीयप्रती वेवास्ता गरेकाे भन्दै स्थानीयदेखि सन्चाररकर्मि र थुप्रै सचेत नागरिकले फेसबुकमा विराेध जनाउँदै उक्त अभियानका लागि गठित समिति राजनीतिक भागबण्डा र व्यक्तिगत स्वार्थमा बनेकाे भनेकाछन ।
अभियान थालनीमै विभेद भएकाे भनी स्थानीयले देखाएको असन्तुष्टिले अभियान सफल हुनतर्फ प्रश्न खडा भएको देखिएकाे छ । समिति गठनमा रहेकाे काेषाध्यक्ष लगायतका केही पदाधिकारीका विरुद्ध पनि चिया चाैतारीमा बहस भैरहेका छन ।
यता अभियानका एक सदस्य श्रीराम सिग्देलले उक्त असन्तुष्टि अलि हतारमा आएकाे उल्लेख्य गरेका छन ।
उनकाअनुसार मुल तयारी समिती बनी रहेको छ । बाँकेका सबै स्थानिय तहका प्रमुख उप प्रमुख ,सांसद सल्लाहकार र सबै वडा अध्यक्ष पदेन सदस्य रहनेछन ।
बनाउने भनिएको बैकुण्ठ धाम बारे केही लेख्नै मन लाग्यो भन्दै नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष दामोदर भण्डारीले सामाजिक सन्जालमा उक्त समिति गठनमा राजनीति भागबण्डा र एक लुज फाेरमकाे हालिमुहालि भएको उल्लेख गरेका छन ।
समिति गठन भयो, समितिमा दिग्गज दिग्गज व्यक्तित्व पनि हुनु हुन्छ उनी लेख्छन तर समिति निर्माण हेर्दा राजनीतिक भागवण्डा जस्तो प्रष्ट रुपमा देखिन्छ । त्यति मात्र होइन मर्निङ्वाक हिंड्ने मलमपट्टि ग्रुपको समिति जस्तो देखिन्छ ।
साँझ विहान संगै खाने, संगै हिंड्ने ग्रुपको समिति जस्तो देखिन्छ उनी थप्छन् यति ठुलो महान पुण्य काममा साँघुरो घेरामा रहेर १० जना बसेर कोठे मिटिङ् गरेर समिति निर्माण गर्नु असोभनिय देखिन्छ ।
यो पिकनिक जान लाग्दा बनाए जस्तो समिति हो र ? के यो समितिमा बसेकाको लगानी बाट मात्र वैकुण्ठधाम निर्माण गरिने हो र ? प्रारम्भमै सामाजिक संजालमा यति विवाद किन ? खै स्थानियलाई सहभागिता गराएको ? कहाँ छन् समाजसेवी नन्दलाल वैश्य ? खै डा. बिनोद कर्ण ? खै मारवाडी ग्रुप ? उद्योग वाणिज्य संघ खै ? उनले प्रश्न समेत गरेका छन ।
क्षणिक चर्चा बटुल्न साँझ विहान उठ बसका साथीभाइलाई राखेर समिति निर्माण गरी काम गर्न खोज्नु ठुलो दुर्भाग्य हुने छ । अर्को राप्तीसोनारी, नरैनापुर, बैजनाथ, कोहलपुरका पालिकालाई समितिमा किन राख्न लागिएको छ उनले भनेका छन ती पालिकाले आफ्नो आफ्नो पाएक पर्ने ठाउँमा वैकुण्ठधाम निर्माण गरि आफ्नो ठाउँको जनतालाई सुख सुविधा दिनु उचित होला ।
अहिले यस बारे सामाजिक सन्जालमा व्यापक आलाेचना टिकाटिप्पणि र विराेध हुनुले सिधनियाघाट शवदाहगृह निर्माण अभियान असफल रहुने देखिएकाे छ ।






