नेपालगन्ज : १५औ महाधिवेशन नजिकिदै गर्दा बाँके काङ्ग्रेसमा आन्तरिक गुट,उपगुट निर्माणले चर्चा पाउन थालेकाे छ । गुट उपगुटले यतिवेला काङ्ग्रेस भित्र भाडभैलाे भैरहेकाेछ ।
अहिले आन्तरिक चर्चामा रहेका गुटमा सहमहामन्त्री किशोरसिंह राठौर समूह आफ्नै समुहभित्रका मनमुटाव र लफडाले सबै भन्दा कमजोर देखिएकाे काङ्ग्रेस महाधिवेशन प्रतिनिधि नै बताउँछन् ।
बाँकेमा अन्यत्र जस्तै देउवा, काेइराला समूह खुलेआम देखिएकाे छ । तर, यतिबेला केही युवाहरू तेस्रो लाइन महामन्त्री गगन थापा तर्फ लागि परेकाे देखिएकाे छ ।
काङ्ग्रेस बाँके सभापति नारायण गाैडेललगायतका केही युवा समुह यतिवेला गगन लाईनमा देखिएकाे पाटि नेताहरू बताउँछन् ।
बाँकेमा यतिबेला देउवा समुहकाे लिडरका रूपमा सहमहामन्त्री किशारसिंह राठौर देखिएका छन । तर, देउवा समुहकै केही युवा नेता राठौरदेखि रुष्ट भएपनि याे समुहमा आन्तरिक भाडभैलाे रहेकाे उक्त समुहकै एक जिम्मेवार नेता बताउँछन् ।
देउवा समुहमा राठौर, गगन समुहमा गाैडेल लगायतकाे चर्चा चलिरहेको बेला काेईराला समुहकाे कमाण्डर अहिले अन्याैल देखिएकाे काङ्ग्रेस नेता, कार्यकर्ता बताउँछन् ।
जिल्ला सचिव शुधांशु काेइराला लगायतका केही नेता कार्यकर्ता काेइराला समूह निकट भनिएपनि अहिले कमाण्डर सहितकाे गुट निर्माणमा उनिहरुकाे चर्चा त्यति नभएको काङ्ग्रेस नेताहरु बताउँछन् ।
एक बर्ष पछि हुने गाउँ देखि जिल्ला र केन्द्रीय महाधिवेशनका लागि अहिलेदेखि गुट उपगुटकाे खुरापात शुरु भैसकेको काङ्ग्रेस निकट श्रोत बताउँछ ।






