नेपालगन्ज : महिलाहरुकाे महानपर्व हरितालिका तिज नजिकिँदै गरेकाे छ। यसपर्वमा महिलाले मन खाेलेर नाच्ने रमाउने, एकआपसमा भेटघाट गरेर माया साटासाट गर्ने गर्दै आएका छन ।
यश बर्षपनि याे पर्व सभ्य, भव्य बनाउनका लागि विभिन्न संघसंस्थाले विविध कार्यक्रम राखेका छन । यश पर्वकाे महत्त्वपूर्ण बिशेषता भनेकाे चेलीबेटीलाई दर खुवाउने हाे ।
जसका लागि नेकपा एमाले नेपालगन्ज नगर कमिटीले सबैभन्दा पहिला चेलिबेटीलाई दर खुवाउने तयारी गरेकाे नगरअध्यक्ष माेहित शाह बताउँछन् ।
जुन कार्यक्रमका लागि कमिटी तयारीमा जुटिसकेकाे छ अध्यक्ष शाहले भने यश बर्षकाे तिज विशेष दर कार्यक्रममा ५० हजार जति खर्च आउन सक्ने अनुमानसहित बजेट तर्जुमा गरिएको छ ।
उनकाअनुसार भदौको ८ गते एमाले पार्टी कार्यालय पासाङल्यामु मार्गमा तिज विशेष दर कार्यक्रम गरिने छ । जसमा सबै महिदालाई सहभागीताका लागि पनि अपिल गरिएकाे छ ।
नेपालगनगर कमिटीले यसरी तिज विशेष कार्यक्रमकाे आयाेजना गर्ने भनेपनि एमालेकै अन्य संगठनले भने तिज विशेष कार्यक्रमका वारे सांगठनिक धारणा सार्वजनिक गर्न चासाे नदेखाएको बताईएकाे छ ।






