ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे कृषि ज्ञान केन्द्रमा बजेट अभाव हुँदा दर्जनौं याेजना प्रभावित भएका छन । बाँकेमा जेनतेन कार्यक्रम चलाउन १५ कराेड बजेट चाहिने देखिन्छ । यद्यपि अहिले यहाँको बजेट करिब सात कराेड छ । जुन आबश्यकताकाे ५०% मात्रै हाे ।

यतिसम्मकि मुख्यमन्त्री राेजगार कार्यक्रम समेत बजेट अभावमा अलपत्र देखिएकाे छ । अहिले ज्ञान केन्द्रले पुर्वाधार लगायतका याेजनाकाे एक कराेड बढि रकम किसानलाई भुक्तानी गर्न नसकेको ज्ञान केन्द्रका एक अधिकारी बताउँछन् ।

कृषि प्रधान देशमा चाहिने बजेट नै नहुँदा बाँकेका आठवटा पालिकाबाट हुन आउने किसानकाे माग समेत पूरा गर्न सकिने अबस्था देखिदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय