ट्रेण्डिङ

नेपालगन्ज : माओवादीभित्र ४० देखि ५० को उमेर समूह निकै निराश छ । आगामी १५ वर्ष पहिलो पुस्ताले नै नछोड्ने त्यो पुस्तासँगै माओवादी पार्टी सकिने अवस्था देखिंदा यो उमेर समूहको ठूलो हिस्सामा निराशा देखिन थालेको हाे ।

उनिहरु राजनीतिक जीवनको करिअर सुरु नै नगरी पार्टीबाट मात्र होइन सामाजिक सोपानक्रमबाटै बिदा लिनुपर्ने देखिएकाे छ ।

जनादन शर्माले केही दिन राखेकाे प्रस्तावले अत्तालिएका अध्यक्ष दाहाल अहिले कसरी समस्या समाधानमा जान सकिन्छ परामर्शमा छन ।

जसका कारण यतिबेला जनादन शर्मा लगायतका नेताहरू नयाँ अभियानकाे थालनीमा उत्रिएका छन । यसले अध्यक्ष ष्पकमल दाहालकाे निदहराम भएकाे छ ।

माओवादीले निर्धक्कसाथ भन्न सक्नुपर्छ कि भौतिकवाद भन्दा व्यक्तिवादको पक्षमा आफूलाई उभ्याउने होडबाजीमा छौं । भौतिकवादले परिवर्तनको शाश्वत सत्यलाई स्वीकार्छ ।

हामी पनि भौतिकवादका लामा-लामा आख्यान दिन सक्छौं तर नीति-नेतृत्व-संरचना हेरफेरको लागि हामी मानसिक रूपमा तयार रहनुपर्ने अवस्था आउन सक्छ मात्रै भनिदियो भने हाम्रो मस्तिष्कका सबै कोषिकाहरू तरंगित हुन्छन्। किनकि हामी तिनलाई अपरिवर्तनीय र अनुलंघनीय छ ।

सरकार ढाल्ने र गठन गर्ने संसदीय व्यवस्थाको भद्दा प्रहसनमा हाम्रा सक्रियता लज्जाजनक रहेको टिप्पणी व्यापक छ । के यी सबै गतिविधिहरू कुनै सिद्धान्त–विचार र राजनीतिक एजेण्डाको धरातलमा थिए ? के यी सबै हाम्रो पार्टीको विशाल संरचना र हाम्रो सैद्धान्तिक वा राजनैतिक विजयका लागि गरिएका पहलकदमीहरू हुन् ? किमार्थ होइनन् ।

तल कार्यकर्तालाई कारिन्दा ठान्ने र माथि प्रचण्डको भजन गाउँदै दुनो सोझ्याउनेहरूलाई समस्या होला । तर ठूलो पार्टी हुँदा हामी भक्तहरूलाई पनि लाभ बढी होला भन्नेसम्म त हेक्का राख ।

यति कुराले माओवादीभित्रका समस्या, पीडा, आक्रोश, असन्तुष्टि र असंगतिको प्रतिनिधित्व गर्छन् । अब माओवादी कसरी रिभाइभ हुनसक्छ त्यसको चर्चा गरौं ।

पार्टी भित्रकमे युवा जनशक्ति यतिबेला जनादनका पक्षमा बहुमत देखिन थालेकाे छ । जसले गर्दा विगतदेखि शक्तिशाली बनिरहेका प्रचण्डकाे अबकाे यात्रा ओरालाेतिर देखिन थालेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय