नेपालगन्ज : माओवादीमा यतिबेला बिशेष महाधिवेशनकाे माग उठिरहेको छ । लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले पार्टीभित्रको विवाद हल गर्न विशेष महाधिवेशन बोलाउनुपर्नेमा जोड दिएका छन ।
महाधिवेशनबाट सबै समिति निर्वाचित भएर जाने विधि र पद्धति बसेमा समस्या समाधान हुने उनि बताउँछन् ।
स्थायी समितिको बैठकपछि पार्टी एकताबद्ध भएको प्रचण्डको दाबी छ । कार्यक्रममा जनादश शर्माले आफूले नेतृत्वको विकल्प वा अप्ठ्यारो पार्ने हिसाबले प्रस्ताव नल्याएको स्पष्ट पारेका थिए ।
‘विवाद हल गर्न विशेष महाधिवेशन बोलाउने, महाधिवेशनबाट नै निर्वाचन प्रक्रिया सम्पन्न गर्ने, सबै कमिटी निर्वाचित भएर जाने र समाजवादी कार्यदिशा थप स्पष्ट पार्ने । यति गरेमा समस्या समाधान हुँदै जान्छन्’, बरालले भने, ‘जनार्दन शर्माले फरक मत होइन भन्नुभएको छ ।
अध्यक्ष र अन्य स्थायी समिति सदस्यहरूले पनि त्यही रूपमा लिनुभएको छ । त्यसैले यसलाई महाधिवेशनमा लगेर हल गर्नुपर्छ ।’
यसअघि विशेष महाधिवेशन गर्ने भनेर आठौँ महाधिवेशन सम्पन्न गरेकाले सोही अनुसार वैचारिक, राजनीतिक र सांगठनिक रूपमा चुस्तदुरुस्त बनाएर जाँदा राम्रो हुने उनको तर्क छ ।






