नेपालगन्ज : बाँकेका सिडिओ खगेन्द्र रिजाल र एसपी तुलबहादुर कार्की यतिबेला अग्नी परिक्षामा छन । पछिल्लो समय बाँकेकाे नेपालगन्ज लगायत विभित्र ठाउँमा भएका आपराधिक घटनाले उनिहरुकाे परिक्षा तय गरेका हुन । यसअघिका प्रशासक यस्तै परिक्षामा असफल हुँदा कारवाहिमा परेका थिए ।
बाँकेमा यतिवेला ठुला अपराधका घटना भैरहेका छन । कहिले क्यासिनोकाे निहुँमा त कहिले राप्ती नदि दाेहन र असुलीका निहुँमा । जहाँ पुलिसकाे समेत सेटिङ्ग हुने गरेकाे जहिले पनि सुनिदै आएकाे छ ।
हुनत गुणडा उत्पादनकाे कारखानाका रूपमा पुलिस र राजनीति दललाई लिने गरिन्छ । पुलिसकाे सेटिङ्ग र दलकाे संरक्षणमा गुण्डाराज चल्ने गरेकाे यथार्थ पनि हाे । निश्पक्ष रूपमा यसरी लेख्दा सम्बन्धितलाई रिस उठला नराम्रो लाग्ल । तर, यसाे गर्न जरुरी छैन किनकि याे
नै सत्यता हाे ।
जेसुकै कारणले भएपनि अपराध अपराध नै हाे । अपराधमा संलग्न जाे सुकै कानुनी दायरामा आउनै पर्छ । तर, यहाँका एसपी कार्कीले यस्ताे अपराधमा संलग्नलाई अनुसन्धान पछि दाेषि ठहर भए के कस्ताे कानुनी कारवाहि गर्लान ? यसमा सिडिओ रिजालकाे भुमिका के कस्ताे रहला ? नागरिककाे प्रश्न छ ।
बिनाैनाकाे घटनामा काेहि न काेहि त पक्कै दाेषि हुनेछ तर काे हाेला दाेषि ? यसमा राजनीति चलखेल कति हाेला ? हुन त सरकारमा दुबै दल एमाले र काङ्ग्रेस नै छन । घटनामा पनि उनकै कार्यकर्ता जाेडिएका छन ।
अब प्रधानमन्त्रि केपि शर्मा वलिकाे दम्भले काम गर्ला कि गृहमन्त्री रमेश लेखककाे पावरले ? याे भने छताछुल्ल हुन बाँकी नै छ । बाँकेका एसपी र सिडिओ कसकाे प्रभावमा पर्लान ?
एसपि र सिडिओ दुबै अहिलेसम्म कार्यसम्पादनमा राम्रो देखिएका छन । यहि घटनासङ्गै बाँकेमा भैरहेका र हुनसक्ने अपराधी घटनाले उनिहरुकाे कार्यसम्पादनकाे मुल्यांकन गर्ने र अग्नी परिक्षामा सफलता वा असफलता हासिल गर्ने समय आएकाे छ ।
बिनाैना घटनामा भने बाँके पुलिसले केही व्यक्तिलाई नियन्त्रणमा लिई घटनाकाे वारे अनुसन्धान गरिरहेकाे भनेकाे छ । तर, अनुसन्धान प्रभावपत गर्न काङ्ग्रेस र एमालेकै जिलदेखि केन्द्रीय तहका नेता लागिरहेकाे पनि चर्चा छ ।
यसैले यस्ता घटनामा निश्पक्ष अनुसन्धान गरि दाेषिमाथि कानुनी कारवाहिमा बाँके एसपी र सिडिओ डगमगाउनु हुँदैन ।यसाे भए पिडितले न्याय पाउने र दाेषिमाथि कारवाहि हुने सम्भावना देखिन्छ ।
तर, राजनीति दबाब आर्थिक प्रभावमा परेर अनुसन्धान खुकुलाे पारेरमा अपराधले प्रसय पाउने मात्रै हाेइन बाँकेका एसपि र सिडिओ याे अग्नीपरिक्षामा असफल हुने निश्चित देखिएकाे छ ।
यद्यपि अनुसन्धान चलिरहेकाे छ अपेक्षा गराै अग्नी परिक्षामा एसपि र सिडिओ पास हुनेछन । पिडितले न्याय । दाेषपमाथि मात्रै कारवाहि हुनेछ । भविष्यमा बाँकेमा यस्ता अपराधकाे न्युनिकरण हुनेछ ।






