ट्रेण्डिङ

नेपालगन्ज : नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङकाे अध्यक्षता र पार्टी सचिव पदमा अर्यालतथा लुम्बिनी अध्यक्ष राधाकृष्ण कँडेलकाे उपस्थितिमा बसेकाे एमाले जिल्ला कमिटी बाँकेको बैठकमा सहभागीहरु बाेल्ने क्रममेै विवाद भएकाे छ ।

समय मागेर बाेल्न खाेज्दा सचिव अर्याल लगायत लुम्बिनी प्रदेश कमिटी अध्यक्ष कँडेल, जिल्ला अध्यक्ष गुरुङ लगायतले वक्तालाई मागेअनुसारकाे समय नदिएपछि विवाद चर्किएको बैठकमा सहभागी एक सदस्य नै बताउँछन् ।

बैठकका लागि पहिलाे दिन १९ जना सदस्यले बाेल्न समय प्रतिव्यति करिब ५ मिनेट मागेपनि दादागिरी शैलीमा नेताहरूले दुई मिनेट मात्रै दिएका थिए ।
बैठकमा बाेल्ने अधिकांश सदस्यले पदाधिकारीका गतिविधि, काम,कारवाहि यसअघि गरिएको सचिवालय गठन, जिम्मेवारी बाँडफाँडकाे कडा विराेध तथा आलाेचना गरेका छन ।

यसअघिका गल्ती कमिकमजाेरि ढाकछोप गर्न जिल्ला कमिटीले प्रदेश अध्यक्ष र केन्द्रीय सचिव अर्याललाई हारगुहार गरेपछि उनिहरु यस बैठकमा सहभागी भएकाे एक पदाधिकारी बताउँछन् । तर, पदाधिकारीका अराजक र विभेदकारी कामप्रति आक्रोशित सदस्यले आलोचना भने गरेरै छाेडेका छन ।

बेैठकले यसअघिकाे ३० सदस्यीय सचिवालय समेत खारेज गरेकाे छ । पहिलाे र द्रोसो निर्णय नै कार्यान्वयन गर्न नसकेपछि असफल देखिएको गुरुङ नेतृत्वको कमिटीले याे बैठककाे पहिलाे दिन पनि पूरा सचिवालय बनाउन सकेन । बैठक बिहीबारसम्म चल्ने भनिएको छ ।

बैठकमा सहभागी एक जिम्मेवार सदस्यका अनुसार पहिलो दिनकाे बैठकले पदाधिकारी सहित १० जनालाई मात्रै सचिवालयमा राखेकाे छ । विधि विधान अनुसार जम्मा जिल्ला कमिटी सदस्यकाे २५ प्रतिशत सदस्यलाई सचिवालयमा राख्नुपर्छ ।

यसअघि पहिला विधि विधान विपरीत ४० जना सचिवालय बनाएपछि विराेध हँदा दोर्शो पटक ३० जना रहने गरि सचिवालय बनाइएको थियाे ।

तर, यहि निर्णय पनि कार्यान्वयनमा आउन नसक्दा बुधवारकाे बैठकले साे कमिटी पनि खारेज गरेर पदाधिकारी सहित १० जनाकाे नाम सचिवालयमा राखेकाे जिल्ला कमिटी सदस्यहरू बताउँछन् । यसले पनि गुरुङ नेतृत्वको कमिटी असफल सावित भएकाे ती सदस्यले बताए । बिहीबारकाे बैठकमा के कस्ताे निर्णय सार्वजनिक हुन्छ याे भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय