ट्रेण्डिङ

नेपालगन्ज : बाँकेमा नेता र जनप्रतिनिधि नै सरकारी जमिनमा अव्यवस्थित बसोबास गर्दै आइरहेका छन् । नेपालगन्ज र कोहलपुरको करिब ६० प्रतिशत बसोबास सरकारी जमिनमा अव्यवस्थितरूपमा रहिआएको छ । कोहलपुर बजार क्षेत्रकै धेरैजसो जमिन सरकारी रहेको छ ।

उक्त जमिनमा स्थानीयदेखि संघीय सरकारका जनप्रतिनिधिले समेत रजाई गर्दै आएको खुलेको छ । यहाँको सरकारी जमिन जनप्रतिनिधीले नै २५–३० वर्षदेखि भोगचलन गर्दै आएका छन् ।

कतिपय जमिनमा अव्यवस्थित बसोबास छ भने कतिपयमा अस्थायी लालपुर्जा पाएर जमिन भोगचलनमा आएको छ । कोहलपुर क्षेत्रमा ४० प्रतिशत जमिनमात्रै नम्बरी भोगचलन भैरहेको देखिन्छ । तर, कोहलपुर नगरपालिकासँग यसको यकिन विवरण छैन ।

यतिबेला सरकारको बाँकेस्थित राज्य संयन्त्र सुकम्बासीका घरटहरा भत्काउँदै सरकारी जमिनको संरक्षणमा जुटेको छ । यस्तो अवस्थामा बाँकेको कोहलपुर क्षेत्रका जनप्रतिनिधीले सरकारी जमिन कब्जामा लिइ ठूला–ठूला महल खडा गरेको खुलेको छ ।

कोहलपुर नगरपालिकाका क्षेत्रमा यस्तो काम भएको छ । कोहलपुर नगरपालिका भित्र सार्वजनिक जग्गामा दलका नेता र कोेहलपुर नगरपालिकाका जनप्रतिनिधिले समेत घर निर्माण गरेका छन् ।

आफ्नो नाममा नम्बरी जग्गा हुँदा हुदैँ पनि उनीहरूले राजनीतिक पहुँच पदको दुरूपयोग गर्दै सरकारी जमिन कब्जामा लिइ घर बनाएको स्थानीय बताउँछन् ।

कोहलपुर–४ किरण नालमा रहेको सरकारी जग्गामा पनि पत्रकारदेखि राजनीतिक दलका नेताहरुको समेत आँखा परेको छ । उक्त जमिनमा कोहलपुरका ब्यवसायीदेखि सम्पन्न ब्यक्तिहरुको पनि एक झुण्ड सरकारी जग्गा अतिक्रमणका लागि लागिपरेको छ ।

यसरी कब्जा गरिएको जग्गा अतिक्रमणबाट रोक्नका लागि राज्य संयन्त्र भने उदासिन देखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय