ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्ज स्थित रानितलाउ तरकारी बजार क्षेत्र अस्तव्यस्त देखिएकाे छ । यसकाे उचित व्यवस्थापनमा नेपालगन्ज उपमहानगरपालिका र बजार व्यवस्थापन समिति उदासीन देखिएका छन । जसका कारण व्यवसायी समस्यमा परिरहेका छन ।

विसबर्षे लिजमा लगिएको उक्त बजार क्षेत्रमा अहिले रहेका पसलहरु विविध समस्यामा जेनतेन चलिरहेका छन । बढदाे जनसंख्या सगै व्यवसायीकरणले रानितलाउ तरकारी बजारमा अहिले ठाउँ अभाव देखिएकाे छ ।

ठाउँ अभावमा व्यवसायीले सडक किनारमा तरकारी बिक्री गर्नु परेकाे रानितलाउ तरकारी बजार केन्द्रका अध्यक्ष माेतिसरा थापा बताउछिन् ।

बजार सन्चालनका लागि गरिएको सम्झौता सकिन अब तीन बर्ष मात्रै बाँकी रहँदा साे बजार लथालिङ्ग हुँदै गएकाे उनी बताउछिन् । बजार व्यवस्थापनमा उपमहानगरपालिकाले चासाे नदेखाउँदा किसान र तरकारी, फलफूल, माछामास लगायतका व्यवसायीलाई साहै समस्या भैरहेकाे छ ।

पटक पटक समस्या समाधानका लागि पहल गर्दा पनि उपमहानगरपालिका र त्यहा जनप्रतिनिधि, कर्मचारीले सुनुवाइ नगरेकाे अध्यक्ष थापा बताउछिन् ।

उनका अनुसार याे बजार विस्तारका लागि तत्काल जमिन उपलब्ध हुनपर्ने देखिएकाृ छ । अहिले रानितलाउकाे बजार भित्र र बाहिर गरि साना, मझौला र ठुला गरि डेढ सयकाे हाराहारिमा सबै खाले व्यवसायी रहृेका छन ।

भित्र ठाउँ अभावमा सडक किनारमै पसल राखेदा खरिदबिक्री गर्नेलाई मात्रै नभई सडकमा यात्रा गर्ने नागरिकलाई समेत अप्ठ्यारो हुने गरेकाे देखिएकाे छ ।

यद्यपि नेपालगन्ज उपमहानगरपालिकाले यसकाे व्यवस्थापनमा खासै चासाे देखाउन सकेकाे छैन । शहरीकरण र जनसंख्या बृद्दिसङ्गै नेपालगन्जमा अलि ठुला र व्यवस्थित तरकारी बजारकाे आबश्यकता देखिएकाे छ ।

यतिमात्र हाेइन साे तरकारी बजार क्षेत्र दुर्गन्धित समेत हुँदै गएकाे छ । तरकारी खरिदका लागि जाँदा सेवाग्राहीले एक हातले नाक थुनदै तरकारी खरिद गर्नुपर्ने
अबस्थामा छ । यहाँको सरसफाइमा समेत ध्यान दिन जरुरी देखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय