ट्रेण्डिङ

नेपालगन्ज : रम्ने अनि रमाउने साँझा चाैतारीसङ्गै स्थानीय कलासंस्कृतिकाे संरक्षण गर्ने उद्देश्यले खाेलिएकाे भनिएका नेपालगन्जका दाेहाेरी साँझमा यतिबेला विकृति माैलाउँदै गएकाे देखिएकाे छ ।

दाेहाेरी साँझका नाममा खाेलिएका यस्ता हाेटलले डान्सवारकाे समेत व्यापार गर्ने गरेका छन । जसले दाेहाेरीकाे मनाेरन्जनका लागि त्यहाँ पुग्ने स्थानीयबाट चरम असुली लहुने गरेकाे जनगुनासाे छ ।

बाँकेमा अहिले नेपालगर काेहलपुरमा गरि करिव अाधा दर्जन दाेहाेरी साँझ खाेलिएकाे अनुमान छ । तर, यसकाे एकिन विवरण र निगरानी तथा अगमनमा बाँके सिडिओ अफिस उदासीन छ । जसका कारण यहाँ दाेहाेरीका निहुँमा विकृति बढिरहेको छ ।

बागेश्वरी राेधि एण्ड थकाली घरले सामाजिक सन्जाल फेसबुकमा अपलाेड गरेकाे एक नृत्यसहितकाे भिडियोले समेत नेपालगन्जमा दाेहाेरीकाे निहुँमा नेपाली डान्सवार मा नभई हिन्दी डान्सकै झल्काे दिएकाे छ । यसले पनि यहाँ दाेहाेरीसाँझका निहुमा विकृति भैरहेकाे प्रष्ट पारेकाे छ ।

यहाँका दाेहाेरी सन्चालकले प्रशासन र पुलिससंग गतिलो सेटिङ्ग मिलाएकाे हुनसकन्ने नागरिकले अनुमान आशंका गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय