ट्रेण्डिङ

नेपालगन्ज : “काँही नभएको जात्रा हाँडिगाउँ” भने झै १० औ जिल्ला अधिवेशन पछि बाँके एमालेमा यस्तै भएको देखिएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा वलि र प्रदेश अध्यक्षहरुले नलिएको सेवा सुविधा लिएर बाँके अध्यक्ष निरक गुरुङले संगठित सदस्यले तिरेकाे रकम समेत तलब अर्थात् सेवा सुविधाका निहुँमा झ्ँवाम पार्दै आएकाे खुलेको छ ।

उनी अध्यक्ष भएपछिकाे पहिलाे बैठकमा सबै तिर सेटिङ्ग मिलाएर अध्यक्ष गुरुङले मासिक १५ हजार सेवा सुविधाका नाममा तलब लिने भनी जबर्जस्ती निर्णग गराएका थिए । त्याे रकम संगठित सदस्यकाे लेबि हाे । जुन व्यवस्था एमालेकाे विधि, विधानमा कतै उल्लेख छैन ।

अहिलेसम्मकाे तीन महिने कार्यकालमा यस्ता थुप्रै निर्णय विधि विपरीत गर्दै आएपछि उनी तीन महिनमै असफल अध्यक्षकाे सुचिमा दर्जित भएका छन ।

कर्मचारीकाे हैसियतमा रहि नैतिकता गुमाउँदै लेबिकाे रकम समेत झ्ँवाम पारिरहृेका अध्यक्ष गुरुङ तिनै संगठित सदस्यलाई अपहेलना र विभेद गर्दै स्पष्टीकरण र कारवाहिका निहुँमा एमाले बाँके ध्वस्त बनाउन सक्रिय देखिएकाे संगठित सदस्यहरु बताउँछन् ।

राजनीति सामाजिक सेवा हाे तर, यहाँ अध्यक्षले तलव वा विभिन्न वहानामा रकम लिनु अपराध हाे एक सचिवालय सदस्यले भने गुरुङ एमाले बाँकेका अध्यक्ष हुन कि मुखिया हैसियतका कर्मचारी । उनका अनुसार अध्यक्ष भए तलब वा सेवा सुविधा लिन हुँदैन मुखिया, कर्मचारी भए ठिक छ तर, तलव भत्ता लिएपछि नैतिक रूपमा अध्यक्ष हुँ भन्न हुँदैन ।

स्मरणहाेस : विगतमा १० भाईकाे ट्याक लागेका गुरुङले महासचिव शंकर पाेखरेल सहभागी खजुराकाे एक कार्यक्रममा समेत एमाले र महासचिव पाेखरेललाई धाेका दिएकाे एमालेकै नेता कार्यकर्ता बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय