ट्रेण्डिङ

नेपालगन्ज : पूर्वी रुकुम,बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको छ ।

एक हजार ३ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ ।

आरक्षको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा १ सय ८५ हेक्टर जमिन अतिक्रमण भएको उल्लेख छ ।

जग्गाधनी पुर्जा भएकै घरछेउमा जग्गा अतिक्रमण गरेर आफ्नो कम्पाउन्डमा भित्र्याउने क्रम बढेको हो । आरक्षको जग्गा बर्सेनि अतिक्रमित भए पनि सरोकारवाला निकायबाट यसलाई रोक्ने प्रयास भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय