ट्रेण्डिङ

नेपालगन्ज : नरेैनापुरका श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन । यस्तै लक्षणबाट सङ्क्रमित भएकी ६५ वर्षीया शान्ति पासीको भदौ १४ मा निधन भयो, यसको दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनी पासीको पनि निधन भएपछि यतिबेला श्यामलाल विक्षिप्त छन् ।

तर, यस क्षेत्रका जनप्रतिनिधि अर्थात् संघिय सांसद सुर्य ढकाल र प्रदेश सांसद कृष्णा केसी उनकाे पिडामा रमिते मात्रै बनेका छन । सहयाेग त परै जाओस सान्ताेना दिन समेत उनिहरु नपुगेकाे स्थानीय बताउँछन् । ढकाल प्रशिक्षणका निहुँमा बर्दियामा मस्ति मारिरहेका छन । केसि नेपालगन्जमै छन ।

तर नरैनापुर र पासि परिवारकाेे पीडा दु:खमा उनिहरुकाे ध्यान जान सकेकाे छैन । नरैनापुर र पासि परिवारले गत चसनावमा उनिहरुलाई मतदान गरि जिताएका थिए ।

पाँच दिनको अवधिमा बुहारी उषा,भाउजु शान्ति र नातिनी नन्दनीको निधन भएपछि श्यामलाल अहिले घरको बाहिरै टोलाएर बस्ने गर्छन् । । “सोच्दै नसोचेको दुःख व्यहोर्नुपर्यो, घरमै ठिक होला भन्दाभन्दै भएन, अचानक पीडामाथि पीडा थपिएको छ”, उनले भने, “स्वास्थ्य सस्थामा लैजान पनि नपाउँदै घरमै तीनजनाको निधन भयो ।”

श्यामलालको एकैघरका तीन सदस्यसहित गेगली गाउँकै १० वर्षीय युसुफ शेखकोे पनि भदौ १२ गते मृत्यु भएपछि गेगली गाउँवासी शोक र भयमा छन् । गाउँका अन्य नागरिकमा सङ्क्रमण फैलिन नदिन नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेपछि त्रास हट्दै गएको स्थानीय जाहिद अलि शेख बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय