ट्रेण्डिङ

नेपालगन्ज : विदेशमाेहले यतिबेला अदालतमा पुगेर “काेट म्यारिज” गर्ने युवायुवतीकाे संख्या बढ्दै जान थालेको देखिएको छ ।

पछिल्लो बर्ष बाँके अदालतमा पनि यस्ताे संख्या बढिरहेकाे छ । गत बर्ष मात्रै करिब सयकाे हाराहारीमा यस्ता विवाह भएका छन । याे आवकाे साउन यता अहिलेसम्म ५ जना युवायुवतीले अदालति अर्थात् काेट म्यारिज गरिसकेका छन ।

विवाह पुरुष र महिला बिच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी तथा स्वतन्त्र सहमतिमा आधारित सामाजिक तथा कानुनी बन्धन पनि हो।

दुवै महिला र पुरुष पहिला कुनै वैवाहिक सम्बन्धमा नरहेमा मात्र उनीहरू बिच विवाह सम्बन्ध कायम हुन सक्छ।

विवाह दर्ता र दर्ताद्वारा हुने विवाहमा फरक छ। दर्ताद्वारा हुने विवाहलाई नै कोर्ट म्यारिजको रूपमा बुझिन्छ। सबै किसिमका विवाह अदालतमा दर्ता हुँदैनन् र अदालतमा दर्ता हुनुपर्छ भन्ने पनि होइन। विशेष अवस्थामा अदालतमा दर्ता गरेर विवाह गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय