ट्रेण्डिङ

नेपालगन्ज : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि यतिवेला बालेन शाहका बिरुद्ध युद्धस्तरमा आसपासे परिचालन गर्दै सामाजिक सन्जालमा लाइक, फ्लाे र अनफ्लाे अभियान चलाइरहेका छन ।

ओलिले बालेनका बिरुद्ध लाग्न मातहतका कमिटीसङग हारगुहार समेत गरेकाे देखिएको छ । यता समाजवादीका नेतृ रामकुमारी झाँक्री भने ओलिसङ्ग कसरी नजिकिन सकिन्छ भन्दै ओलिकाे पक्षमा देखिएकाे केही समाचार वाहिरीएका छन । स्मरणहाेस : झाँक्री यसअघि समाजवादीकाे अधिवेशनमा उपाध्यक्षमा पराजित भएकि हुन ।

“काम कुराे एकातिर कुम्लाे बाेकी ठिमितिर” भने झै देशका प्रधानमन्त्री ओलि सामाजिक सन्जालमा काठमाडौका मेयर शाहका बिरुद्ध सुन्डमुन्ड परिचालनमा लागेका छन ।

ओलिले यतिबेला एमाले मातहतका अनेरास्ववियु, युवा सङ्घ् लगायतका सबै कमिटी परिचालन गरेका छन । तर पनि ओलिकाे लाइक,फ्लार्स घटनेक्रम याे समाचार तयार पार्दासम्म राेकिएकाे छैन ।

काठमाडौकमे माहाेल हेर्दा बालेन जता जान्छन उतै हाइहाई छ । तर, एमाले महासचिव शंकर पाेखरेलले नै शेयर गरेकाे ओलिकाे फेसबुक आइडिमा समेत केपीका विपक्षमा भरमार गालि गलाैज र विराेधि कमेन्ट देखिएका छन । यसले पनि अब ओलिका दिन ओरालो लागिरहेकाे अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय