ट्रेण्डिङ

नेपालगन्ज : नेपाल बिधुत प्राधिकरणले बक्यौता रकम असुलीकम लागि सम्बन्धित निकायलाई चेतावनी सहितकाे पत्र पठाउने गरेकाे छ । तर, प्राधिकरण आफैले बाँकेका स्थानीय तहलाई भाडा वा कर नतिरेकाे
खुल्न आएको छ ।

प्राधिकरणले यहाँका सबै पालिकामा बिधुतका पाेल गाडेकाे छ । त्याे पनि पालिकाकाे अनुमति विनैअनि तिर्दैन कर वा भाडा । यसरी गाडिएका पाेलकाे भाडा वा कर प्राधिकरणले तिर्न चासाे नदेखाएको हाे ।

यसअघि बिधुतले बक्यौता का लागि नेपालगन्ज उपमहानगरपालिकालाई पत्र पठाउँदा त्यसकाे जवाफमा तत्कालीन मेयर डाक्टर धवल शमशेर राणाले पहिला पालिकाभित्र राखिएका पाेलकाे कर वा भाडा उपमहानगरपालिकालाई तिर्न भनेका थिए । यसपछि प्राधिकरण र उपमहानगरपालिका बिच केही समय टकराब देखिएकाे थियाे ।

पालिका क्षेत्रमा पाेल गाड्न, सार्वजनिक सराेकारका बाेड राख्न वा कुनै काम गर्न सम्बन्धित पालिकाे अनुमति लिनुपर्ने र सहमति अर्थात ताेकिएअनुसारकाे कर तिर्नपर्ने स्थानीय स्वात्तशासन नियमावलीमा उल्लेख भएको स्थानीय तहका जानकार बताउँछन् ।

तर बाँकेमा बिधुतले आफ्नाे कर्तव्य पूरा नगरि एकाेहाेराे बक्यौता असुलीका निहुँमा पालिकासङ्ग टकराब गरिरहेकाे नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट बताउँछन् ।

बाँकेका आठ वटा स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत २२ करोड ८५ लाख ३१ हजार ८५ रुपियाँ बक्यौता तिर्न बाँकी देखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाकाे मात्रै करिब २० कराेड बक्यौता रहेकाे छ । जानकाअनुसार साेहि अनुपातमा प्राधिकरणले पनि पालिकाहरुलाई कर तिर्नपर्ने देखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय