ट्रेण्डिङ

नेपालगन्ज : निरक गुरुङ नेतृत्वको बाँके एमाले एण्ड गुरुङ कम्पनीभित्र यतिबेला गुटबन्दी देखिएकाे छ । अध्यक्ष भनिएका गुरुङलाई उनकै कमिटी पदाधिकारी असफल बनाउँन आन्तरिक कसरत र खुराफातमा लागेकाे खुलेको छ ।

करिब चार महिनाका अबधिमा कम्पनीले गरेका निर्णय र गतिविधिमा असफलता देखिएको छ । केही समयअघि बाँके क्षेत्र नम्बर एकका क्षेत्रीय संयाेजक सुर्य ढकालकमे इशरामा चलेका गुरुङलाई अहिले ढकालले समेत वास्ता गर्न छाेडेपछि एमाले बाँके अध्यक्ष भनिएका गुरुङकाे मुठ्ठी बाहिर पार्टी गएको छ ।

अहिले पार्टीमा उपाध्यक्ष रत्न खर्त्रीकाे कमाण्डमा पदाधिकारीमा रहेका व्यक्ति नै अध्यक्ष गुरुङ असफल बनाउँने गुटमा लागेकाे जिल्ला कमिटि सचिवालयका एक सदस्य बताउँछन् ।

पार्टीलाई मजबुद बनाउनुकाे उल्टाे अध्यक्ष पार्टी संगठित सदस्यलाई वेअर्थमा स्पष्टीकरण साेध्ने, कारवाहिकाे धम्की दिने र अराजक बन्ने गरेपछि पदाधिकारीमै फाटाे आउनुका साथै गुरुङ असफल बनाउने खुराफात हुन थालेकाे हाे ।

गुरुङका यस्ता अराजक गतिविधि, पार्टी हित विपरीत निर्णय, संगठित सदस्यमाथिकाे हमला, विभेदकारीताले बाँके एमालेकाे तलदेखि माथिसम्मकै कमिटि कमजोर हुनुका साथै अध्यक्ष गुरुङ असफलकाे सुचिमा दर्ज हुने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय