ट्रेण्डिङ

नेपालगन्ज : बाँके एमाले अध्यक्ष भनिएका कम्पनी कमाण्डर निरक गुरुङसहित पदाधिकारी र सिङ्गाे जिल्ला कमिटी फेरि असफल र असक्षम देखिएकाे छ ।

शुरुआति चरणका दुई बैठकले गरेका निर्णय कार्यान्वयन गर्न नसकेर असक्षम घाेषित भैसकेकाे उक्त कम्पनी फेरि अर्को निर्णयमा पनि असफल र असक्षम देखिएको हाे ।

सचिवालय गठन र जिम्मेवारी बाँडफाँड सङ्गै बाँकेमा गरिनुपर्ने प्रशिक्षण बर्दियामा गर्दा आलाेचित साे जिल्ला कमिटी यतिवेला बिना कारण संगठित सदस्यमाथि हमला गर्दा तेर्साे पटक असफल भएको छ ।

स्पष्टीकरणकाे निर्णय उक्त कम्पनीले साउन २१ मा गरेकाे हाे । अहिले निर्णय भएको एक महिना नाघिसकेको छ । १ महिनासम्म पनि निर्णय कार्यान्वयन गर्न नसक्नु याे भन्दा अर्को लाज के हुन्छ कम्पनी कमाण्डर जि ?

आर्थिक हिसाब पारदर्शी गर, अनुशासन र सुशासन कायम गर, विधि विधान र निति पालना गर, विभेदकारी नहाेउ,पार्टी मजबुद बनाउभन्दा एमाले बिराेधि भन्दै गुरुङ कम्पनीले पत्रकारसहित केही संगठित सदस्यलाई स्पष्टीकरण साेध्ने निर्णय गरेकाे थियाे ।

तर, उक्त निर्णय गरेकाे  महिना दिन बितिसक्दा कम्पनीले स्पष्टीकरण साेध्न परिपत्र गरेकाे छैन । याे निर्णय कार्यान्वयनमा पनि गुरुङ कम्पनी असफल भएको छ ।

कम्पनीले संगठित सदस्यमाथि मानहानि हुने गरि वेअर्थमा स्पष्टीकरण साेध्ने भन्दै साे निर्णय पार्टीकै सर्कुलरमा समेत हालेकाे छ । जसले संगठित सदस्यकाे मानहानि मात्रै नभई गाेपनियताकाे हक माथि प्रश्न उठेकाे छ ।

यतिमात्र हाेइन करिब ५५ सय संगठित सदस्य रहेकाे बाँकेमा ती सदस्यकाे सुरक्षा माथि पनि गम्भीर प्रश्न उठेकाे छ । यसकाे जवाफ र जिम्मेवारी गुरुङ कम्पनीले लिनपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय