ट्रेण्डिङ

नेपालगन्ज : गएको साता बाँकेकाे नरैनापुरमा चार जनाकाे मृत्यु भयाे । सरकारी सन्चार माध्यम सहितका केही  मिडियाले त्यसकाे ठुलै  समाचार कभर गरे । तर, हचुवा, अन्दाजिफिकेशन र हतारकाे साहित्यका रूपमा सुचना सम्प्रेषण भएको देखियाे ।

सरकारी सन्चारमाध्यमले समेत झाडापखालाबाट एकैदिन चार जनाकाे मृत्यु भएको समाचार सार्वजनिक गरेकाे थियाे । तर, त्यहाँ न झाडापखालाकाे प्रकाेप देखियाे नत एकै दिन चार जनाकाे मृत्यु प्रमाणित भयाे ।  चार जना स्थानीयकाे  फरक फरक मितिमा निधन भएको थियाे । कारण भने झाडापखाला थिएन ।

तर सरकारी सन्चारमाध्यमले नै यसरी अफवाह फैलाएपछि अन्य मिडिया पनि सरकारीकै पछि लागेका थिए । जुन समाचारले बाँकेमा त भयाे नै काठमाडौमा समेत तरङ्ग मच्चाएकाे थियाे ।

समाचार सार्वजनिक भएपछि बाँकेका सिडिओ सहित स्वास्थकर्मिकाे टाेलि प्रभावित भनिएको गाउँ पुगेर वास्तविकता बुझ्दा त्यहाँ चार जनाकाे फरक समयमा मृत्यु भएपनि कारण झाडापखाला नभएको निष्कर्ष निकालेकाे जनस्वास्थ्य कार्यालय बाँकेका सुचना अधिकारी नरेश श्रेष्ठ बताउँछन् ।

अहिले पनि उक्त घटनाकाे वास्तविक कारण खुल्न सकेकाे छैन । बिचमा अज्ञात राेगका कारण चार जनाकाे मृत्यु भनिएको छ । अहिले केही सन्चारमाधेयमले जापानीज इन्सेफलाइसिस भनेका छन । यद्यपि जनस्वास्थ्यले भने आधिकारिक कारण सार्वजनिक गरेकाे छैन ।

पत्रकारिताकाे धर्म सत्य तथ्य सुचना नागरिक समक्ष प्रवाह गर्नु हाे । तर, बाँकेमा ब्रेकिङकाे निहुँमा तरङेगपत र अफवाह पत्रकारिता फस्टाउँदै गएकाे यथार्थ हाे ।

पत्रकारितामा प्रवेश गरेका महिला–पुरुष सबैलाई समयको चाप हुन्छ किनभने तिनले आफूले सङ्कलन गरेका सूचना तथा जानकारीलाई समाचारमा ढालेर जतिसक्यो चाँडो जनसमक्ष पुर्याउनुपरेको हुन्छ ।

ढिलो गर्दा सूचना बासी हुन पुग्छन् । भन्नै परेन, समाचार ताजा भए मात्र समाचार कहलिन्छ । त्यसैले समाचार सङ्कलन गर्ने, सम्पादन गर्ने र वितरणमा लैजाने प्रक्रियामा लागेका पत्रकारहरू सदैव हतारमा रहन्छन् । त्यसैले यदाकदा ‘हतारको काम लतारपतार’ हुन जान्छ । तर, हतारका निहुँमा नागरिकलाई आतङ्कित बनाउने र समुदायलाई प्रभावित हुने गरि सुचना दिनु ठुलाे अपराध हुन जान्छ ।

यसले हरेक घटनामा सुचना सम्प्रेषण गर्दा हतार नगरि जनतालाई सचृत बनाउँनृ र राज्यकाे ध्यानाकर्षण गराउँने गरि सत्य, तथ्य र सन्देश मुलक सुचना मा ध्यान दिन जरुरी देखिएकाे छ । साताअघिको नरैनापुर घटनाबाट उत्पन्न तरङ्ग र समाचार सम्प्रेषणकाे हताराेले पनि यहि सिकाउँछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय