नेपालगन्ज : शहर विकसित र समृद्ध बन्दै जाँदा बाँकेको नेपालगन्जमा रहेका रैथाने अर्थात् टट्टरकाे ढाेका पनि लाेभ हुँदै गएको देखिएकाे छ ।
प्रविधिमैत्री घर निर्माणसङ्गै पछिल्लो पुस्ताले सटर र काठ तथा फलामका अनेकन किसिमका ढाेका बनाउन थालेपछि एतिहासिक टट्टर ढाेका लाेभ हुँँदै गएको स्थानीय हेमन्त कर्माचार्य सामाजिक सन्जाल फेसबुकमा लेख्छन ।
उनका अनुसार खास गरि सदरलाइन र पुराना बजारमा यस्ता ढाेका हुन्थे तर, अहिले खाेज्नुपर्ने अबस्था छ ।
बाँकेकाे नेपालगञ्जमा बजार विस्तार हुँदा यस्तै फलामे पत्ती कसिएकाे ढाेका सबैतिर लागेका हुन्थे उनी लेख्छन स्थानीय भाषामा टट्टरकाे ढाेका भनिन्थ्यो, जसबाट हावा मज्जाले काेठाभित्र छिर्थ्याे भने घरमा बसेकाले भित्रबाटै बाहिर सडककाे गतिविधि थाहा पाउँथे ।
नेपालगन्जको कला परम्परा र संस्कृति जोगाउने कही कतैबाट कुनै पहल भएको नभएको स्थानीय विनाेद कर्ण बताउँछन् ।
सदरलाइनको ती पुराना एतिहासिक कलात्मक घरहरू अब फाट्टफुट्ट मात्र बाकी रहे। ती कलात्मक घरहरू भत्काएर नयाँ बनाउदा अगाडिको स्वरुप जस्ताको तेस्तै राख्नु पर्ने अनिवार्यता कही कतैबाट भैदिएको भए अहिले पनि सदरलाइनको रौनक नै अर्कै हुने कर्णकाे भनाइ छ ।
स्थानीय अहम माेहमद अन्सारी प्रायः याे सबैकाे घरमा हुने र रातीमा बुवाले “टट्टर बन्द कराे” अउर साेई जाव ।” भनेकाे अहिले पनि सम्झना गर्छन ।
यसकाे संरक्षणका लागि नेपालगन्ज उपमहानगरपालिकाले अहिले पनि रहेका 70/80 बर्ष पुरानो घरहरु भत्काउन नपाइने त्यसको स्वरुप नबिग्रीने गरि मर्मत गर्ने प्रबन्ध मिलाउनपर्ने स्थानीय जेष्ठ नागरिक बताउँछन् । मेयर साप यसतर्फ पनि ध्यान दिने कि ?






