ट्रेण्डिङ

नेपालगन्ज : “बाँके एसपी मुर्दावाद, काेहलपुर डिएसपी मुर्दावाद, काेहलपुर डिएसपी चाेर, काेहलपुर छाेड” लगायतका नारा लगाउँदै  एमाले निकट युवा संघ बाँकेले नेपालगन्जमा पुलिस प्रशासन बिरुद्ध सडक तताएकाे छ ।

स्मरणहाेस : पछिल्लो केही बर्षयता बाँकेमा पुलिस प्रशासन बिरुद्ध यसरी नै सडक आन्दोलन हुने गरेका छन । यसअघि पनि यस्ता आन्दोलन हुँदा यहाँका पुलिस हाकिम र सिडिओ कारवाहिमा परेर सरुवा समेत हुन परेकाे छ । अहिले पनि यस्ताे अबस्था नआउला भन्न सकिदैन ।

बाँकेेमा अहिले पनि प्रहरी प्रशासन विवादमा देखिएको छ । केही समयअघि राप्तीसाेनारीकाे बिनाैनामा भएको घटनाकाे अनुसन्धानका क्रममा बाँके पुलिस विवादमा तानिएको छ ।

जिल्ला पुलिसका हाकिम एसपी  तुलबहादुर कार्कीकाे निर्देशनमा काेहलपुरका डिएसपीले उक्त घटनाकाे अनुसन्धानका निहुँमा युवा संघ बाँकेका अध्यक्ष ज्ञानेन्द्र ओलि लगायतलाई फसाउँन खाेजेकाे भन्दै संघले आन्दाेलन गरेपछि बाँके पुलिस फेरि विवादमा देखिएको छ ।

यसअघिका एसपी पनि विवादित भएर लखेटिएका थिए । युवा संघले  अध्यक्ष ओलिकाे रिहाइकाे माग गर्दै  नेपालगन्जमा सडक आन्दाेलन थालेकाे छ ।

उता काङ्ग्रेस निकट तरुण दलले बिनाैना घटनामा ओलिकाे सहभागीता रहेकाे आराेप लगाउँदै कानुनी कारवाहिकाे माग गरेकाे छ ।

दुवै पक्ष यतिबेला सडक आन्दोलनमा देखिएका छन । तर, पुलिसले प्रारम्भिक अनुसन्धान बाट तयार पारेकाे रिपोर्ट काङ्ग्रेसकाे दबाबमा तयार पारेकाे युवा संघले आराेप लगाएको छ ।

बाँके पुलिस भने उक्त  घटना कसैकाे दबाब र प्रभावमा नभई पुलिसले आफ्नाे स्वविवेकमा अनुसन्धान गरिरहेकाे बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय