नेपालगन्ज : सिक्टा सिँचाइ आयोजना मुख्य बाधक हुँदा नेपालगन्जकाे चक्रपथ निर्माण याेजना दशकदेखि अलपत्र देखिएकाे छ । चक्रपथ सिक्टा नहरको लाइनमा करीब ९० प्रतिशत क्षेत्रमा पर्छ ।
दशक वर्षअघि ‘सर्भे’ गरिएको नेपालगञ्जस्थित बाहिरी चक्रपथ अहिले पनि अलपत्र छ । सर्भेअनुसार २३ दशमलव ८६ किलोमिटर लम्बाइ र १६ मिटर चौडाइमध्ये सात मिटर कालोपत्र गर्ने भनिएको थियाे ।
चक्रपथ निर्माणका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि बजेटको ठूलो हिस्सा ‘फ्रिज’ हुने गरेको छ । सडक डिभिजन कार्यालयका अनुसार सर्भे भएपछि निर्माण शुरु भएको थियो ।
सरकारले दुई करोड २० लाख शुरुमै विनियोजन गरेको थियो । एक करोड नौ लाख २७ हजार ४ सयमा ठेक्का भएर ८ सय २३ मिटर चौलिका चोक नजिक कालोपत्र भएको छ ।
जसमा निर्माण व्यवसायीले एक करोड तीन लाख ८३ हजार भुक्तानी समेत लिइसकेको छ ।यसअघि सडक डिभिजनले प्रत्येक वर्ष चक्रपथ निर्माण गर्न करोडौँ बजेट छुट्याउँदै आएको थियो ।
तर, बजेटकाे सदुपयोग हुन सकेेकाृ देखिदैन । चक्रपथ पनि निर्माणकाे टुङ्गो छैन । दलिय नेताहरू यस बिषयमा उदासीन छन ।
सडक डिभिजन कार्यालय बाँकेले नेपालगञ्ज चक्रपथको आयोजना अघि बढ्ने सम्भावना नभएको स्पष्ट पारेको छ ।






