नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगर क्षेत्रलाई उज्यालो शहरका रुपमा विकसित गर्न विगत बर्षमा करोडौं लगानी गरिएको छ । तर, त्याे लगानी यतिबेला वालुवामा पानी जस्तै देखिन्छ ।
नेपालगन्जलाई उज्यालो शहरका रूपमा घाेषणा पनि गरियाे यद्यपि याे अर्थहीन देखियाे अहिले शहर अध्याराेमम परिणत भएको छ । तर, उपमहानगरपालिकाका मेयर, उपमेयर, यहाँका साँसद कसैको यसतर्फ ध्यान गएको छैन ।
यहाँका करोडौंकाे लगानीमा शहरभरि सडकबत्ति जडान गरिएको छ । अधिकाश सडकबत्ति बल्दैनन। बिग्रेका सडक बत्ति मर्मत छैनन । भएका पनि दिँउसाेमा बल्छन रातिमा अन्धकार नै हाे । सुर्खेत राेड, न्युराेड नै अन्धकारमा हुने गरेका छन । काेहलपुरकाे पनि हालत यहि हाृ ।
विभिन्न दातृ निकायको करोडौंको सहयोगमादुबै शहरमा हाइमास्ट जडान गरिएका छन ।
नेपालगञ्ज उपमहानगरपालिकाले स्थानीय विपीचोकमा सबैभन्दा पहिला हाइमास्ट जडान गरेको थियो। त्यहि पनि बिग्रेको अबस्थामा मर्मत हुँदैन । अरुकाे त कुरा छाेडाै । उपमहानगरपालिका र सम्बन्धित ठेकेदारकाे यसमा चरम लापरबाही छ । जसका कारण उज्यालो शहरकाे परिकल्पना असफल भएको छ । करोडौं लगानि बेकार भएको छ ।
नेपालगञ्ज र आसपासमा २०७५ सालमा जडान गरिएका सौर्य बत्ती बल्न छोडेपनि मर्मतका लागि उपमहानगरपालिकाले चासो नदेखाएको स्थानीय बताउँछन् ।
रात्रीकालिन समयमा अधिकांश सौर्य बत्ती नबल्दा पैदल यात्रु समस्यामा पर्दै आएका छन । तर, जनप्रतिनिधि भनिएका मेयर, उपमेयरलगायत महामहिमहरु भने कानमा तृल हालेर बसेका छन । नागरिकको सेवामा नभई कमाउधन्दामा जनप्रतिनिधि सक्रिय देखिएका छन ।






