ट्रेण्डिङ

नेपालगन्ज : बाँकेमा सडक सुरक्षाको जाेखिम उच्च देखिएको छ । यसकाे राेकथाम र न्युनिकरणमा सम्बन्धित निकायले चासाे देखाएको छैन । यसका लागि सामान्य परामर्श र सचेतना समेत हुन नसक्दा समस्या देखिदै आएकाे स्थानीय बताउँछन् ।

बाँकेमा अहिले २४ जनाकाे जनशक्ति छ बाँके ट्रााफिक प्रमुख पुष्करराज पन्त भन्छन सिमित जनशक्तिले लक्ष्य अनुसारको काम गर्न नसकिएको सत्य हाे ।

बाँके ट्रफिक प्रहरीले चाडपर्व लक्षित सुरक्षा याेजना सहित सडक दुर्घटना न्युनिकरणका लागि बिशेष ढंगले सुरक्षा संयन्त्र परिचालन गर्ने भएको छ ।

चाडपर्व नजिकिदै गर्दा हुनसक्ने सम्भावित घटना, दुर्घटनालाई ध्यान दिदै जिल्ला ट्रााफिकले विशेष सुरक्षा याेजना अघि सार्दै बाँकेमा ट्रााफिक व्यवस्थापनका लागि सडकसंगै मापसे चेकजाँचमा कडाइ गरिने जिल्ला ट्रााफिक प्रमुख पन्त बताउँछन् ।

काेहलपुरमा पत्रकारसँग कुराकानी गर्दै उनि नेपालगन्ज र काेहलपुर शहरसँगै राजमार्ग र अन्य स्थानमा ट्रााफिक उपस्थिति नियमित रहने र दुर्घटना र मापसे गरि सवारी चलाउने कार्य राेक्न भरपुर लागिपर्ने  बताउछन ।

यसका लागि नागरिक समाज, स्थानीय लगायतकाे सहयाेग अपरिहार्य हुने हुँदा ट्रााफिककाे याे अभियानमा सबैले हातेमालो गरिदिन उनले अनुरोध गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय