ट्रेण्डिङ

काठमाडौ : राष्ट्रिय अनुसन्धानका जासुसकाे कार्यक्षमता बढाउने लक्ष्य अनुसार खरिद गरिएको ४० कराेडकाे भ्वाइस रेकर्डिङ मेसिन प्रयाेगविहिन देखिएको छ । उक्त मेसिन अहिले खिया लागेकाे अबस्थामा छ ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा  खड्गप्रसाद शर्मा ओलीले नेपाली जासुसहरूको कार्यक्षमता बढाउन भनी खरिद  गर्न  लगाएका थिए । तर, साे मेसिन लक्ष्य अनुसार प्रयाेग हुन सकेन ।

मेसिन शंकास्पद मान्छेहरूको टेलिफोन र मोबाइल कलहरू रेकर्ड गर्न भनेर किनिएको थियो । साेर्तका अनुसार  लहडमा ल्याइएको सो उपकरण बरफबागको एउटा कोठामा थन्काएको छ ।

गुप्तचर विभागका दुई एआइजीमध्ये ओम जोशीलाई प्रशासन र टेकेन्द्र कार्कीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको छ ।यद्यपि उनिहरुले पनि याे मेसिि चलाउने तर्नफ ध्यान दिन नसकेको भनिएको छ ।

सिंहदरबार परिसरभित्र सानो थुम्कोमा रहेको नेपाली गुप्तचरहरूको कार्यालय बरफबाग  समेत अहिले पूरै बेवारिसे हालतमा  छ । मेसिनसङ्गै  सो भवन पनि उपयोगविहीन अवस्थामा छ  । जनआस्थाबाट…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय