ट्रेण्डिङ

नेपालगन्ज : पर्यटन नेपालकाे ठुलाे उधाेग हाे । पर्यटनका नाममा यहाँ अर्बौं लगानी भएको छ । तर, उपलब्धि शुन्यप्राय देखिन्छ । बाँकेमा पनि यसकाे प्रभाव वेमाैसमि देखिदै आएकाे छ ।

कहिलेकाही कहिकतैबाट कसैले दया मानेर २/४ लाख डलरका रूपमा दान दिएपछि बाँकेकाे पर्यटन क्षेत्र सल्बलाउने गर्छ । त्याे झ्ँँवाम भएपछि पर्यटनकाे प्रबन्दन त परै जाओस् बहस नै हराउँछ । याे यहाँका पर्यटन ठेकेदारकाे चलन हाे ।

अहिले यहाँका पर्यटन ठेकेदार भनिएकाहरु यश बिषयमा चुपचाप छन । सायद उनिहरुले पर्यटन शब्द नै बिर्सिसके । तब सम्झलान जब कसैले अलिअलि डलर फ्याँकिदेला । अनि हुन्छ तछाडमछाड ।

केही समय पहिला माेटाे रकम भएकै कारण यहाँका ठेकेदारसंगै साँसदले समेत आकाशमै हेलिकप्टर उडाएर पर्यटनका नाममा चर्चा नबटुलेका हाेइनन ।

मानसरोवर यात्राका नाममम नलुटेका हाेइन, राराका नाममा बितण्डा नमच्चाएका पनि कहाँ हुन र । सन्तानेश्वरकाे नाममा लाखौं दाेहन नभएको हाेइन । साँसद देखि पत्रकारसम्म त्याे बेेला पर्यटनका ठेकेदार बने तर अहिले कहाँ  गुपचप छन यी ठेकेदार ?

नेपालगन्जका ठुला हाेटलमा गाेष्ठि, सेमिनार गर्दै  के के न गर्छाैं भनेर फुई लगाउँने फुईकट्टाहरु अहिले कुन कुनामा लुकिरहेका हाेलान ?  यस्ता फुईकट्टालाई  सार्वजनिक सुचना जारी गरेरै खाेज्ने बेेला आएकाे देखिएको छ ।

बाँकेकाे पर्यटन विकासका नाममा करोडौं खर्च भएको छ । तर, उपलब्धि शून्य छ । पर्यटनका नाममा ठेकेदारले कमाउधन्दा पनि गरेका छन । राज्य वा डाेनरकाे लगानीको लेखाजोखा छैन । यसकाे खाेजि हुन जरुरी छ ।

कतिसम्म बेइज्जत भने बाँकेको जमुनाह नाकामा रहेको सूचना केन्द्र तीन वर्षदेखि कामविहीन छ । तेस्रो मुलुकबाट नेपाल भित्रिने पर्यटकलाई सूचना दिने र पर्यटकीय गन्तव्यस्थलका विषयमा जानकारी दिन स्थापना गरिएको सो सूचना केन्द्र भारतीय पक्षका कारण अध्यागमन कार्यालय सञ्चालन नहुँदा कामविहीन भएको हो । यसतर्फ समेत पर्यटनका ठेकेदारकाे ध्यान जान सकेकाे छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय