नेपालगन्ज : बाँकेको काेहलपुरमा रहेकाे जिवनज्याेति स्कुल शिक्षाका नाममा व्यापार तर्फ उन्मुख देखिएको छ । व्यवस्थापनमा चिटिक्क पुर्वाधार देखाएर विधार्थि बटुल्दै माेटाे रकम असुलीमा रहेकाे उक्त स्कुलकाे शिक्षा भने गुणस्तरहीन छ ।
गएको एसइईमा आफ्नाे पाएकपर्ने केन्द्र बनाएर केही शिक्षक भाडामा लिई चिट चाेराई उत्कृष्ट नतिजा ल्याएको भाैकाल मच्चाएकाे जिवनज्याेतिले पछिल्लो समय शिक्षाका निहुँमा धर्म प्रचार गरिरहेकाे आराेप समेत खेपिरहेकाे छ ।
फादर भनिने स्कुलका प्रिन्सिसिपल जाेमन जेम्स क्रीसियन धर्मका प्रचारक र प्रबन्धक हुन । याे धर्ममा पास्टर भन्दामाथिकाे पदवि फादर हाे । नेपाली स्कुलमा प्रिन्सिपल हुन्छ फादर हुँदैन ।
स्कुल छेउमै चर्च बनाएर लुकिछिपि क्रीसियन धर्मकाे पुजापाठ र प्रचामा सक्रिय फादर विधार्थिमा पनि घुमाउरो पाारामा धर्म शिक्षा तर्फ आकर्षण बढाउदै गएकाे चर्चा छ ।
उनकाे यस्ताे धर्म प्रचारमा नेपालगन्ज र काेहलपुर क्षेत्रका दलिय नेता, व्यवसायी लगायतले आन्तरिक रूपमा सहयाेग गरिरहेका छन ।
उनी पटक पटक विविध बिषयबस्तुमा विवादित हुँदै आएका छन । केही समयअघि नागरिकता मुद्दामा अदालत समेत पुगेका फादरकाे अहिलेपनि मुद्दा सकिएको छैन ।
न्यायलयलाई नै प्रभावमा पार्ने भन्दै शिक्षाकाे नाममा धर्मकाे प्रचारमा लागेका फादर भनिने जेम्स दलिय आडमा आफुलाई अत्यन्तै शक्तिशाली ठान्दै आएका छन ।






