ट्रेण्डिङ

कमल न्याैपाने : पुराण वाचनमा प्रवीण मानिएका पण्डित दीनबन्धु पोखरेलको व्यस्तता यतिखेर  पनि बढेको छ । बाँकेको नेपालगन्जस्थित राप्ती नदि किनारमा निर्माण गर्न लागिएको सिधनियाघाट शवदाहगृहका लागि कार्तिक २२  देखि ३० सम्म बैकुण्ठधाम महाेत्सव हुँदै छ ।

जुन महाेत्सवले १४ बर्ष पहिलेकाे पण्डित पाेखरेलसँगकाे साप्ताहि बसाइँ र सम्बन्धकाे सम्झना दिलाएकाे छ । १४ बर्ष पहिले सुर्खेतकाे पश्चिम सालकाेटमा गरिएको महायज्ञमा पण्डित पाेखरेलसँग सातादिन बडाे रमाइलोसँग बितेका थिए ।जुन अबसर सालकाेटका त्तकालिन सचिव तिलकराम अधिकारीले मिलाएका थिए ।

विरेन्द्रनगरबाट सालकाेट सम्मका एउटै गाडिभित्रकाे यात्रामा पण्डित  पाेखरेलले  दिलाएकाे रमाइलोपन, आध्यात्मिक व्यक्ति कहिल्यै पदभ्रष्ट हुँदैन भनेकाे भनाइ अहिले पनि मानसपटलमा ताजै छ ।

अस्पताल निर्माणका लागिएको उक्त महायज्ञले त्यस क्षेत्रकाे समृद्धिमा टेवा पुर्‍याउने बिश्वास  थियाे  । त्याे केही हदसम्म पूरा भए पनि पछि विविध कारणले लक्ष्य पुरा गर्न भने सकेन । तरफ अहिलेपनि सालकाेट बासिले पण्डित पाेखरेल र उनकाे कथाबाचकलाई सम्झरहेका छन ।

त्यतिबेला युवा जाेश जाँगरमा उधुम मच्चाएका पण्डित पाेखरेल ऐतिहासिक गीताज्ञान महानुष्ठानका लागि अहिले पनि सक्रिय छन् ।

गीताको तार्किक, व्यावहारिक, वैज्ञानिक तथा समसामयिक व्याख्या गरी समस्तजनमा आन्तरिक जागृति पैदा गर्ने, ऐतिहासिक बद्रीनारायण धामसहित नारायण आध्यात्मिक केन्द्रको विश्वव्यापी प्रवाह तथा सञ्चालन गरी नेपाललाई आध्यात्मिक केन्द्रका रुपमा विकास गर्न टेवा पुर्‍याउने महान अभियान अहिले पनि चलिरहेकाे देखिएकाे छ ।

वेद र बुद्धलाई विश्वव्यापीरुपमा चिनाउन  विशेष पहल थालेका पण्डित पाेखरेल भन्छन्  ‘वन डे नेपाल वील लीड द वर्ल्ड’ (एक दिन नेपालले विश्वलाई नेतृत्व गर्नेछ ।)  यसका लागि विचारवादको वकालत गरौं भन्ने नै रहेकाे त्पयतिबेला अर्थात १४ बर्ष  अघि उनले भनेका थिए । याे पनि अहिले सम्झनामा आएको छ ।

बैकुण्ठधाम महाेत्सवले पण्डित पाेखरेलसँग १४ बर्षअघिकाे प्रेेम साटने अवसर पनि मिल्ने छ । बैकुण्ठधामले सालकाेटकाे झल्काे दिनेछ । खुशी र सुखि जीवन  जिउनका लागि उनका कथाले थप प्रेेरित गर्ने छन । बैकुण्ठधाम महाेत्सवले सफलता पाउने छ । राप्तीमा अत्याधुनिक शवदाहगृह निर्माण अभियानले लक्ष्य पूरा गर्ने छ । जय बैकुण्ठधाम…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय