ट्रेण्डिङ

नेपालगन्ज : के तपाईं  पेट्रोल र डिजेल सवारी साधनमा भर्दै हुनुहुन्छ ? ध्यान दिनुहाेस नेपालगन्जका   पेट्रोल, डिटेल पम्प आसपासमा माेबाइल प्रयाेग गर्न प्रतिबन्ध लगाइएको छ ।

माेबाइलमा कुरा गरिरहदा कहिलेकाही माेबाइल पड्किदा पेट्रोल र डिजेलकाे कनेक्शनले घटना हुन सक्ने भन्दै त्यस्ता घटना, आगलागीबाट सुरक्षित रहन नेपाल आयल निगमकाे सुर्खेतराेडमा रहेकाे डिपाेले यस्ताे नियम लागू गरेकाे छ ।

यसलाई जानकारले सकारात्मक हेरिरहेका छन । अन्य पम्पले पनि यसरी  नियम बनाएर पम्प आसपासमा माेबाइल प्रयाेगमा राेक लगाउन जरुरी देखिएको छ ।

तर, बाँकेमा रहेका दर्जनबढि पम्पहरू असुरक्षित देखिएका छन । कतिपयमा यसअघि आगलागी समेत भएको छ ।

अत्यन्तै जोखिमपूर्ण मानिने पेट्रोल पम्पहरु मुख्य राजमार्ग तथा बजार देखि टाढा राख्नुपर्ने प्रावधान रहेता पनि बाँकेमा खोलिएका अधिकांस पम्पहरु बजार भित्रै छन् ।

पेट्रोल पम्पमा ठुलो परिमाणमा ज्वलनशिल पदार्थको भण्डार गरिने भएकाले पम्प रहेको ठाउँलाई अत्यन्तै सम्बेदनशिल मानिन्छ तर बाँकेमा भने पम्प सञ्चालकले सामान्य मापदण्डको समेत ख्याल गरेको देखिदैन ।

यद्यपि बाँके प्रशासन यस्ता मापदण्ड विपरीतका पम्पमाथि छानबिन र कारवाहि गर्न चासाे देखाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय