ट्रेण्डिङ

नेपालगन्ज : नारायण नगरपालिकाकाे दैलेख बजारस्थित गणेशचाेकदेखि थामसेना हुँदै पर्यटकिय क्षेत्र पन्चदेवलसम्मकाे सडक यहि बर्ष कालाेपत्रे हुने भएको छ ।

सिद्धपाइला अनलाइनले “पन्चदेवल सडक अलपत्र”  शिर्षकमा केही दिनअघि समाचार लेखेपछि वडा नम्बर ६ का वडाध्यक्ष जनक न्याैपानेले साे सडक कालाेपत्रेका लागि चासाे देखाएका छन ।

उनका अनुसार गत बर्षकाे ९० लाख र अहिलेकाे १ कराेड गरि जम्मा १ कराेड ९० लाखकाे लागतमा पहिलाे चरणकाे काम केही  महिनामै थालनी हुने भएको छ ।

गणेशचाेकदेखि करिब साढे दुई  किलोमिटर सडक कालाेपत्रेका लागि नालि निर्माणकाे काम भैरहेकाे छ । उक्त सडक कालाेपत्रे भए  बिश्वसम्पदा सुचिमा रहेकाे पन्चदेवलकाे पर्यटन विकमसमा टेवा पुग्ने स्थानीय प्रृृेम न्याैपाने बताउँछन् ।

दैलेख बजार आसपासमा नगर जनप्रतिनिधिकाे लापरबाहीले थुप्रै  सडक जिर्ण छन । बजारभित्रकाे सडक समेत जिर्ण बनिरहेको छ । यिनकाे विकासमा जनप्रतिनिधिकाे ध्यान जान नसकेको स्थानीय बताउँछन् ।

तर, वडा नम्बर ६ लाई समृद्ध बनाउन पन्चदेवल सडक कालाेपत्रेसङ्गै बसपार्क व्यवस्थापन, नयाँगाउकाे बागवानि  बिजाैरा सडक ग्राबेल, फुलवारि पिकनिङ्ग पार्क व्यवस्थापन, बिलासपुर मन्दिर व्यवस्थापन, गणेशचाेकदेखि बसपार्कम्म कम्तिमा ५ ठाउँमा हाइमास्ट लाइट जडान गर्न पर्ने देखिएकाे छ । सिद्धपाइलाकाे सुझाव :  यसमा वडाध्यक्षकाे ध्यान जान जरुरी छ ।

स्मरणहाेस : संरक्षणको अभावमा दैलेखको ऐतिहासिक पञ्चदेवल ओझेलमा परेको देखिएको छ। यसअघि पन्चदेवलकाे पुर्वाधार विकासका लागि डिपिआर बनाउन केही बजेट विनियोजन गरिए पनि अहिलेसम्म उचित डिपिआर बन्न सकेकाे छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय