नेपालगन्ज : सुर्य ढकाल यतिवेला झुटकाे खेति, एमाले ध्वस्त बनाउन संगठित सदस्यमाथि जाईलाग्नुका साथै फेसबुके भाैकाल मच्चाउन सक्रिय भएको एमालेकै नेता कार्यकर्ता बताउँछन् ।
साँसद ढकालले अति नै झुटखेति र खुराफात गरेपछि उनकै निर्वाचन क्षेत्रमा अहिले चाैतरेफि आलाेचना र बिराेध भैरहेकाे छ ।
एमालेमा निर्वाचन क्षेत्रकाे संयाेजक पार्टी जिल्ला कमिटी मातहत हुने गर्छन । ढकालकाे पछिल्लो पद बाँके क्षेत्र नम्बर एककाे संयाेजक हाे । यसले पनि याे पद जिल्ला कमिटी मातहत नै हुनपर्छ ।
उनी पार्टी नीति विपरीत छन । एमालेकाे लुम्बिनी प्रदेश अधिवेशनदेखि उनी गुट उपगुट र खुराफातमा सक्रिय छन ।
तर, उनकाे हैकम स्थायी कमिटि सदस्य भन्दा कम छैन । बाँके जिल्ला कमिटी उनले कब्जामा लिन खाेजिरहेका छन । निरक गुरुङ नेतृत्वको जिल्ला कमिटीमा क्षेत्रीय संयाेजककाे दबाबमा जथाभावी निर्णय हुनु र व्यक्तिगत रिसिभिमा संगठित सदस्यकाे गाेपनियता भङ्ग गर्न खाेज्नु के एमालेकाे नीति हाे ?
बाँके एमालेका पदाधिकारीले सुर्य ढकालकाे दबाबमा पत्रकार सहितका केही संगठित सदस्यलाई स्पष्टीकरण साेध्ने निर्णय गर्न बाध्य पारिएको भनेेपनि ढकालकाे दबाबमा यसरी जथाभावी निर्णय गर्न र सर्कुलरमा हाल्न मिल्छ त ? यसकमे जवाफ निरक गुरुङ कम्पनीले दिने कि नदिने ?
साँसद समेत रहृेका सुर्य ढकालकाे पार्टी भित्रकाे खुराफात, झुट, गुटउपगुट निर्माणका गलत कार्य र एमाले ध्वस्त बनाउन उनकाे भुमिकाका वारे स्टाटस र समाचार लेखेपछि आफ्ना अराजक र अपच्य गतिविधि बाहिरिकाे भन्दै उनले आलाेचनात्मक सुझाव सहितका स्टाटस र कमेन्ट लेख्ने संगठित सदस्य र सत्य समाचार लेख्ने पत्रकारलाई स्पष्टीकरण साेध्न बाँके एमालेका अध्यक्ष निरक गुरुङ्ग नेतृत्वको पदाधिकारीलाई दबाब दिएकाे एक पदाधिकारी बताउँछन् ।
ढकालकाे बारम्बारकाे दबाब थेक्न नसकेर पदाधिकारीले केही संगठित सदस्य र पत्रकारलाई स्पष्टीकरण साेध्ने निर्णय गर्न बाध्य भएको उनले बताएका छन ।
उनका अनुसार जिल्ला कमिटी बैठकमा पेश नगरि ढकालकै निर्देशन र दबाबमा एमालेकाे निति विपरीत सर्कुलरमा समेत हाल्न परेकाे हाे । यद्यपि ढकालकाे दबाबमा यसरी संगठित सदस्यलाई मानसिक तनाव दिन मिल्छ त अध्यक्ष गुरुङ जि ?






