नेपालगन्ज : गएको जिल्ला अधिवेशनबाट “सुनिर समुहका” निरक गुरुङ अध्यक्ष भएदेखि चरम विवादमा आइरहेकाे बाँके एमाले र यसका नेता यतिबेला आन्तरिक प्रतिशाेधमा उत्रिएका छन ।
पार्टी संगठन विस्तार र मजबुद बनाउने भन्दा पनि अहिले सुनिर समुहका नेताहरू संगठित सदस्यदेखि माननियसम्मलाई कसरी कमजाेर बनाउन र आफ्नाे कामुकमा ल्याउन सकिन्छ भनेर आन्तरिक खुराफातमा भाैकाल मच्चाइरहेका छन ।
सत्यमा भन्ने हाे भने बाँके एमालेमा चलेका नेताहरू दुधले नुहाएका काेही छैनन । काेही कहि विविध काण्ड र लेनदेन तथा असुलीमा लागि नैरहेका छन ।
तर, अहिले यहाँका पद, शक्ति र पहुँचका आडमा आन्तरिक प्रतिशाेधले व्यक्तिगत रिसिईभि साँध्दै ससनिर समुहका नेताहरू एकपछि अर्का नेता तथा संगठित सदस्यकाे बदनाम गर्न सक्रिय देखिएका छन
हाे, कसैले काँही केही कमजोरी गरेमा पार्टी भित्र बसेर छलफल र बहस चलाउन सकिन्छ। दाेषी देखिए पार्टीकाे विधि विधान अनुसार कानुनी प्रक्रीया अघि बढाउन सकिने प्रावधान छ ।
तर बाँके सुनिर समुहकाे ध्यान त्यसतर्फ नगएर भनेका, सुनेका र फेक निवेदनका आधारमा स्पष्टीकरण साेध्ने र व्यक्तिकाे बदनाम गर्ने काममा सक्रिय देखिएको आम संगठित सदस्यलाई महशुस भैरहेकाे छ ।
पार्टीलाई सुदृढीकरण सहित बृहत् बनाउने जिम्मेवारी पाएका सुनिर समुहका सुर्य ढकाल, निरक गुरुङ, रत्न खत्री लायतका नेता तथा पदाधिकारी नै अहिले एमाले र यसका चलायमान नेता, कार्यकर्ता सिध्याउने दाउमा रहेका छन ।
पार्टी नेता तथा संगठित सदस्यका वारे कुनै खालकाे कमप्लेन आउँदा अध्यक्ष गुरुङले सम्बन्धित व्यसँग कुनै कुरा नबुझि ढकाल र खत्रीकाे इशरामा स्पष्टीकरण साेध्ने र कारवाहीकाे धम्की दिने गरेका छन ।
अध्यक्ष सामु आएका समस्या समाधानमा दुबै पक्ष वा सम्बन्धितलाई बाेलाएर छलफल गर्न सक्नुपर्नेमा यसाे हुन सकेकाे देखिदैन । याे सुनिर समूह र बिशेषगरी अध्यक्ष निरक गुरुङकाे कमजोरी हाे ।
यदि पार्टीमा देखिएकाे आन्तरिक प्रतिशाेध र समस्या समाधान गर्ने हाे भने अध्यक्ष गुरुङ फियर भएर दुबै पक्षलाई बाेलाई छलफलकाे माध्यम अघि बढाउन सक्नुपर्छ ।
तर, अध्यक्ष गुरुङ आफै गुटकाे नाईके भैरहँदा बाँके एमाले र यसका नेता, कार्यकर्ताबिचकाे कलह उनकाे कार्यकालमा समाधान हुने छैन ।
यसले उनकाे कार्यकाल सफलता हाेइन असफताकाे सिंढी चढने र उनिसँगै उनकाे जिल्ला कमिटी असफल घाेषित हुने निश्चित देखिएको छ ।
यसैले आन्तरिक प्रतिशाेध भन्दा समस्या समाधानका सुचक अबलम्बन गर्न जरुरी देखिन्छ । यसतर्फ कहिले जाने ध्यान ?






