ट्रेण्डिङ

नेपालगन्ज :  बाँकेकाे नेपालगन्जमा विद्युतीय सवारीका लागि चारवटा चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन भएको छ ।

समाजसेवी विरेन्द्र थापा लायतका युवा यातायात व्यवसायीले विद्युतीय सवारीका लागि चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन गरेक हुन ।

विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन शुरु गरिएपनि केही थप भौतिक संरचना निर्माणकार्य जारी रहेको सन्चालक थापा बताउँछन् ।

बसपार्कमा नै चार्जिङ प्वाइन्ट (स्टेसन)भएपछि गाडी चार्जिङ्गकाे अभावमा समस्यामा नहुने देखिएको छ । यसले बिधुतिय  सवारीसाधनलाई सहज हुनेछ ।

करिब ३० लाखकाे लागतमा यहाँ  चारवटा स्टेसन राखिएको छ  । सन्चालनकाे एक कार्यक्रममा विधुत प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख  राजिवकुमार सिंह लगायतका व्यक्तिको सहभागीता रहेकाे थियाे ।

लागत र क्षमता उहीँ रहेकाेले सिङ्गल टनबाट विधुतिय गाडी चार्जिङ्ग गर्न सकिने थापा बताउँछन् । उक्त  स्टेसन नेपालगन्ज बसपार्ककाे खानेपानी ट्याङ्की छेउमा रहेकाे छ  ।

बाँकेमा रहेका विद्युतीय सवारीसाधनका अतिरिक्त कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशलगायतका सवारीसाधनले सो सुविधा पाउने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय