ट्रेण्डिङ

नेपालगन्ज : बाँकेमा पुलिस र तस्करबिच साझेदारी चलिरहेको देखिएकाे छ । पुलिसकाे संरक्षण भएकैकारण यहाँ  तस्करले निर्धक्क अबैध काराेवार गरिरहेकम छन । पुलिसले साझेदारी वापतकाे कमिसन पाइरहेकाे छ ।

खुला सीमा र कमजोर सुरक्षा व्यवस्थाका कारण बाँके तस्करहरूको प्रमुख मार्ग बनेको छ। सशस्त्र र जनपथ प्रहरीकै अघि तस्करहरूले गाईगोरु सहजै नेपाल भित्र्याइरहेका छन्।

नागरिकहरूका अनुसार सीमा सुरक्षालाई अझै कडाइ गरिएको भए यति धेरै गाईगोरु नेपाल प्रवेश गर्ने अवस्था आउने थिएन।

नेपाल–भारतबीच खुला सीमा रहेकाले दुवै देशबाट गाईगोरु तस्करी सहज देखिए पनि भारत–बङ्गलादेशबीच खुला सीमा नहुँदा भारतबाट सीधै बङ्गलादेश तस्करी गर्न कठिन भइरहेको प्रहरी अनुसन्धानले देखाएको छ।

त्यसैले तस्करहरूले नेपालमार्फत बङ्गलादेश गाईगोरु पुर्‍याउने गरेको बताइएको छ। याे सबै  बाँके पुलिसलाई थाहा छ तर, पुलिस कमिसनकाे लाेभमा चुपचाप  बस्ने गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीका अनुसार पछिल्लो समय गाईगोरु तस्करी नियन्त्रण तीव्र छ।

तस्करीमा संलग्न केही व्यक्तिहरू पहिचान भइसकेका छन्  । तर, एसपी कार्कीकै उदासीनताले पहिचान भएका तस्कर पनि नियन्त्रणमा आउन सकेका छैनन् ।

सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा सुरक्षा निकायहरूबीच समन्वय अभाव देखिएको छ। यसको फाइदा सोझै तस्करहरूले उठाइरहेका छन्। थाेरै कमिसनमा बाँके पुलिस भुलिरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय