ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे महेन्द्र बहुमुखी क्याम्पसमा हुँदै  आएकाे अस्तव्यस्तता र आर्थिक अपारदर्शीकाे वारे छानबिन हुने भएको छ ।

सिद्धपाइलामा क्याम्पसका बारे समाचार आएपछि यसबारे छानबिन हुने भएको हाे । जसका लागि बाँके सिडिओ अफिस र अख्तियार दुरुपयोग अनुसन्धान आयाेगमा छानबिनकाे माग सहित उजुरी दर्ता तयारी भैरहेकाे छ ।

उजुरी दर्ता लगत्तै सम्बन्धित निकायले क्याम्पसकाे पुर्वाधार निर्माण, पढनपाठन र आर्थिक  अपारदर्शीताका बारे छानबिन  गर्ने छ ।

स्ववियु देखि क्याम्पस प्रशासन बिचकाे मिलेमतो  र लापरवाहीले क्याम्पस अस्तव्यस्त र लथालिङ्ग देखिएकाे बिधार्थी नै बताउँछन् । यसअघि क्याम्पसकै लापरबाहीले पुर्वाधार निर्माणमा लगाइएका इट्टा समेत गुणस्तरहीन भेटिएको भनिएको थियाे ।

क्याम्पस  अस्तव्यस्त हुँदा पनि स्ववियु सभापति माधव खत्री लगायतका पदाधिकारी समेत चुपचाप छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय