नेपालगन्ज : बाँके क्षेत्र नम्बर तीनका संघीय साँसद तथा काँग्रेस सहमहामन्त्री किशाेरसिंह राठौर यतिबेला विवादीत तथा आलाेचित बनेका छन ।
सहमहामन्त्री राठौरले एक अन्तर्वार्तामा आफ्नै मतदाता र जनता तथा युवालाई लक्षित गर्दै अपमानित शब्द बाेलेकाे भन्दै अहिले उनकाे चाैतर्फी आलोचना भैरहकाे देखिएकाे छ ।
उनलाई उनकै नेता, कार्यकर्ता र खजुरा क्षेत्रका नागरिकले समेत हेर्ने दृष्टिकोणमा फरक आउन थालेकाे छ ।
राठौरले साे अन्तर्वार्तामा जनतालाई अपमान मात्रै गरेनन काठमाडौका मेयर बालेन शाह समेतलाई गजेडीकाे संज्ञा दिदै युवालाई नै अपमान गरेपछि उनी चरम विवादमा देखिएका छन ।
बर्दियामा राजनीति अबस्था खस्किएपछि बाँके आएका राठौरलाई आफ्नै पार्टीका अधिकाशं नेता, कार्यकर्ताले रुचाउन छाेडेका छन ।
सहमहामन्त्री राठौरले आजका युवाले केही नबुझेकाे भन्दै अपहेलना गरेकाे देखिएको छ । जनतालाई पागल समेत भन्न उनी पछि परेका छैन ।
अहिले खजुरा क्षेत्रमा राठौर काङ्ग्रेस भित्रै कमजोर मानिने क्षेत्र नम्बर तीनकै काङ्ग्रेस नेताहरू बताउँछन् ।






