ट्रेण्डिङ

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट र केही जनप्रतिनिधिकाे हावादारी एक्शन असफल देखिएको छ ।

उपमहानगरपालिकाले नै गरेका निर्णय र दिएकाे व्यवसाय दर्ता प्रमाण पत्रकाे खिलापमा सन्जीवनी कलेज अफ मेडिकल साइन्स बिरुद्ध मेयरले निकालेकाे बिज्ञप्तीमा २४ घण्टाभित्र कलेजकाे बाेड हटाउन धम्की दिइएको थियाे ।

यस धम्कीलाई केही जनप्रतिनिधिले मेयरकाे एक्शन भनेका थिए । तर उक्त एक्शन ४८ घण्टासम्म लक्ष्यमा पुग्न सकेन । जसले उक्त एक्शन हवादारीमा परिणत मात्रै भएन असफल समेत भएको देखिएको छ ।

वेअर्थकाे उक्त बिज्ञप्तीलाई एक्शन भन्ने मेयर र केही जनप्रतिनिधि आफ्नै कामकाे आफै खिलापमा हुँदा अहिले लज्जित मात्रै भएका छैनन नागरिककाे अबिश्वासका पात्र समेत बनेका छन ।

व्यवसाय सन्चालन गर्न दर्ता प्रमनण पत्रदिने अनि कसैले उचालेका भरमा वा दलिय दबाबमा हाेइन भन्ने जनप्रतिनिधि र उपमहानगरपालिकाकै गैरजिम्मेवार पन हाे । हाेइन भने सरकारी लेटरप्याड र छापकाे किन दुरुपयोग गरियाे ? यसकाे जवाफ कसले दिने ?

आफै बाेक्सी आफै धामी भने झै अहिले यहाँका मेयर र जनप्रतिनिधि तथा कर्मचारीले गरिरहेका छन । गल्ती आफैले गर्ने अनि आफैले आदर्श छाट्ने प्रवृति यतिबेला नेपालगन्जका जनप्रतिनिधिमा देखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय