ट्रेण्डिङ

बिचार, विश्लेषण : काङ्ग्रेसकाे बाँके अधिवेशन आउन करिब बर्षदिन अझै छ । तर, यहाँ १५ औ अधिवेशनका लागि नेतृत्व कब्जा गर्न आन्तरिक कलह गुट, उपगुट शुरु भएको देखिन्छ । केही समय काेइराला परिवारकाे विरासत मानिने बाँके काङ्ग्रेस अहिले तीन गुटमा विभाजित देखिएको छ ।

पछिल्लो समय काङ्ग्रेस महामन्त्री गगन थापाकाे बाँके इन्ट्रीले बाँके काङ्ग्रेसभित्र भुईचालाे नै गएको बुझिएको छ । विभिन्न गुट अर्थात देउवा, काेइराला गुटका केही नेताले गगनकाे पछिल्लो इन्ट्रीपछि मन फेर्ने मनस्थिति बनाएकाे आभाष भैरहेकाे काङ्ग्रेस बृतमा चर्चा छ ।

गगन आँउदा पार्टी महामन्त्रीका हैसियतमा भन्दापनि व्यक्तिगत सम्बन्ध विस्तारकाे स्वार्थमा धेरै नेताले छुट्टाछुट्टै भेटेकाे यतिबेला काङ्ग्रेस बाँकेमा आन्तरिक बहसकाे बिषय बनेकाे छ । याे सत्य पनि हाेला ।

यतिसम्म कि देउवा समुहका भनिएका वादशाह कुर्मीदेखि नेपालगन्जका मेयर प्रशान्त बिष्ट, नरेन्द्र चाैधरी, सन्जु थारु, कृष्ण कार्की, माधव खत्रीले समेत महामन्त्री थापालाई अलग्गै  भेटेर १५ औ अधिवेशनमा बाँकेमा फरक धारकाे नेतृत्व हुनसक्ने सम्भावित मत जाहेर गरेकाे पनि चर्चा छ ।

यतिसम्म कि ८४ अघि देउवाका पिलर मानिने सहमहामन्त्री किशाेरसिंह राठौरले पनि गम्भीर निर्णय लिन सक्ने उत्तिकै सम्भावना रहेकाे काङ्ग्रेस बाँकेकाे बिशेष श्रोत बताउँछ ।

सामान्य बसाइँ, छलफलका क्रममा पनि राठौरले गुट मात्रै नभई निर्वाचन क्षेत्र नै नयाँ तय गर्ने मनशाय बनाएकाे आभाष हुने गरेको उनी निकट काङ्ग्रेस नेता बताउँछन् । तर, राठौरकाे अहिले नै आधिकारिक भनाइ केही सुनिएको छैन ।

विशेष श्रोतका अनुसार युवा नेता गगनतिर र केही पुराना नेता देउवाबाट अलग भएर काेइरालातिर ढल्किन सक्ने आँकलन गरिएको छ । चर्सचा सत्य हाे भने यसले १५ औ अधिवेशनमा बाँकेकाे हकमा गगन समूह बलियाे हुन सक्ने देखिन्छ ।

यदि यसाे भयाे भने बाँकेमा काेइराला दोर्सो र देउवा तेर्सो शक्ती हुने काङ्ग्रेस बाँकेलाई नजिकबाट बुझेका एक पुराना नेता बताउँछन् ।

यी यतिबेला काङ्ग्रेस बाँकेभित्र देखिएका गतिविधिले निम्त्याएका आँकलन हुन । तर, महामन्त्री थापाकाे बाँके आगमनले अहिले ठुलै भुईचालाे र काङ्ग्रेस बाँकेमा आन्तरिक तरङ्ग भने ल्याएको छ ।

यस तरङ्गलाई निहाल्दा अहिले बाँकेमा काङ्ग्रेस नेताबिच १५ औ अधिवेशनबाट नेतृत्वमा जान तछाडमछाड छ । अहिलेका सभापतिदेखि सचिव मात्रै नभइ मेघराज ओेली, सुरेन्द्र हमालदेखि केही नयाँ अनुहार नेतृत्व कसरी हत्याउने भन्ने दाउमा छन ।

यसका लागि काङ्ग्रेस बाँकेका नेताहरू जुनसुकै गुटमा कुनै पनि वेला ढल्किन सक्ने देखिएको छ । यसले बाँके काङ्ग्रेसमा पनि एमाले बाँकेमा जस्तै आन्तरिक रूपमा चरम गुटकाे राजनीति भैरहेकाे स्पष्ट पारेकाे छ ।

“हात्तीका दुई दाँत” भने झै बाहिर एक भित्र अनेक रुप देखाउने काङ्ग्रेसीकाे पनि बाँकेमा कमी छैन । यदि यसाे हाे भने गगनकाे इन्ट्रीले बाँकेमा भुईचालाे ल्याएकाे सहर्ष स्वीकार्नै पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय