ट्रेण्डिङ

नेपालगन्ज  :  बाँकेकाे जानकी गाउँपालिका ३ मा निर्माणका लागि समाजवादीका नेता तथा तत्कालीन सहरी विकार मन्त्री मेटमणि चाैधरीले शिलान्यास गरेकाे  सिकलसेल सामुदायिक अस्पताल अलपत्र  देखिएको छ ।

शिलान्यासकाे तीन महिनामम निर्माण सक्ने भन्दै भाैकाल मच्चाइएकाे उक्त याेजना साढे दुई कर्षसम्म पनि अघि बढ्न सकेकाे देखिदैन ।

थारु स्वास्थ्यकर्मीहरु मिलेर अस्पताल तथा अनुसन्धान केन्द्र निर्माणमा जुटेकाे भनिएको उक्त याेजनामा निर्माणकर्ता अहिले उदासीन देखिएका छन ।

ठुलै तामझाम र महत्वकाक्षाका साथ शिलान्यास भएको उक्त याेजना अहिलेसम्म शिलान्यासमै सिमित बनेकाे छ ।

तत्कालीन मन्त्रीका गफ, सरकारकाे असहयोग र थारु स्वास्थ्यकर्मीकाे उदासीनताले याे याेजना अलपत्र परेकाे यथार्थ हाे ।

उपचार अभावमा कतिपय सिकलसेल पीडितले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गरी छुट्टै अस्पताल निमार्ण गर्ने लक्ष्यका साथ याे याेजना अघि बढाइएको थियाे ।

अस्पताल निमार्णका लागि विभिन्न अगुवाले आर्थिक सहयोग गरिरहेकाे भनिएपनि उक्त सहयाेग रकम समेतकाे अहिले लेखाजोखा छैन । तत्कालीन अबस्थामा तीन महिना भित्र उक्त अस्पताल निर्माण गरिसक्ने भनिएको थियाे ।

तर,  शिलान्यास गरेकाे अहिले दुई बर्ष ६ महिना बितसकेकाे छ । याेजना  अहिलेसम्म कतिपनि अघि बढेकाे देखिदैन । थारु स्वास्थ्यकर्मी पनि चुपचाप छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय