ट्रेण्डिङ

नेपालगन्ज : बाँके डुडवास्थित बाल सुधार गृहमा बर्सेनि लफडा हुदै आएको छ । बर्सेनि यसरी किन, केका लागि लफडा हुन्छ यसकाे खाेजीमा काेही देखिदैनन ।

लफडा भएपछि मात्रै सबैका निदहराम हुन्छ । यश गृहकाे मुख्यगेटमा पुलिसहरु सुरक्षार्थ भनी बसेकाे नियमित सहजै देख्न सकिन्छ ।

तर, यहाँ भित्र  हरेक बर्ष लफडा भैरहन्छ । जसकाे खास दाेषी पुलिस नै देखिएका छन । किनकि यहाँ भएका अधिकाशं घटना लागू पदार्थ सेवनका कारण हुने गरेकाे स्पष्ट छ ।

याे लागु पदार्थ अर्थात लागू औषध गृहभित्र कहाँबाट, कसरी जान्छ ? यसकाे खाेजी गर्न त्यहाँको पुलिस किन उदासीन छ । अनि बाँके सिडिओ एसपी र सुधार  गृह व्यवस्थापन किन चुपचाप छ ?

यहाँ पुुलिसकाे उदासीनताले वाहिरका र भित्रका सेवनकर्ताकाे लागू औषधकाे डिलर जस्तै काराेवार र स्वन हुँने गरेकाे बालबालिका नै बताउँछन् । उनीहरू  पनि यसकाे राेकथाममा पुलिस र त्यहाकाे प्रशासनकै कमजोरी भएको बताउँछन् ।

गेटमा चेकजाँचका लागि पुलिस राख्ने अनि भित्र बसेका बालबालिकाले नियमित लापसे गर्ने याे कसरी हुन्छ । यसमा पुलिसकाे फितलाे चेकजाँच वा मिलेमतो निश्चित देखिन्छ या देखिदैन जानकारले बुझ्ने कुरा हाे ।

तर, सिद्धपाइलाले गरेकाे सामान्य खाेजमा गेटमा पुलिस राखेर गेटभित्र लागू औषध प्रयाेग हुन दिनुमा पुलिसकै कमजोरी, चरम लापरवाही, उदासीनता र मिलेमतो देखिएको छ । जुन कुरा केही दिन अघिकाे घटना र यसबाट उब्जिएका प्रश्न, सवाल, जवाफबाटै प्रष्ट भैसकेका छन ।

यसमा एसपी र सिडिओेले जवाफ दिनसक्नु पर्छ कि गेटमा पुलिस चेकजाँच हुदाहुदै कसरी सुधार गृहभित्र लापसे हुन्छ ?

सुधारगृहमा रहेका केही  युवाहरूले नियमित जसाे लापसे गर्ने र आफ्नाे मन नपरेका युवामाथि ए्क्कासी जाँई लाग्ने गरेपछि यहाँ  बेलाबखतमा कडै लफडा हुने गरेकाे यथार्थ हाे ।

सुधार गृहमा कमजोर  सुरक्षा भएकोमा सिडिओ र एसपीले लाज मान्नपर्ने छैन सहजै कमजोरी स्वीकार गरि  यहाँको सुरक्षा व्यवस्थापन र लापसे नियन्त्रणमा भुमिका खेल्न जरुरी देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय