नेपालगन्ज : खजुरा क्यान्सर अस्पतालमा वेथितिले सीमा नाघेपछि विकास समिति देखि प्रखर मिसनका पदाधिकारी समेत रुष्ट देखिएका छन ।
अस्पतालमा कर्मचारी, चिकित्सक भर्नादेखि औषधी खरिद हुँदै पुर्वाधार निर्माणसम्म वेथिति बढिरहेकाे चाैतर्फी गुनासाे आएको छ । यसको छानबिन अनुगमन हुन सकेकाे छैन ।
अस्पतालमा ४९/५० लाख बराबरकाे म्याद सक्किएकाे औषधी गाेदाम र स्टाेरमा थन्किएकाे छ ।
अस्पतालका अध्यक्ष टेकेन्द्र मल्ल र पुर्व मेसुकाे मिलेमतोमा उक्त औषधी नष्ट नगरेर राखिएको भनिएको छ ।
यतिमात्र नभई वन हस्तान्तरण नहुँदै फार्मेसी र ल्यावकमे रकम कमिशा चक्करमा भुक्तानी दिएकाे, कमिशनकाे खेलमा क्यान्टिन चलाएकाे, क्यान्टिनकाे विजुली, पानी समेत अस्पतालले तिर्ने गरि गलत सम्झौता गरिएकाे भनिएको छ ।
अध्यक्षकाे गलत प्रवृतिका कारण अहिलेसम्म ४ पटक बसेका बैठक समेत हुन नसकेकाे अस्पतालका सदस्य समेत रहेका प्रखर मिसनका अध्यक्ष महेन्द्र मल्ल बताउँछन् ।
उनका अनुसार अस्पतालमा वेथिति बढेकाे कारण सबै भुक्तानी लगायतका वेथितिमा समिति नै बनाएर छानबिन गर्नुपर्ने देखिएकाे छ ।
अध्यक्षकाे समयावधि सकिन्नै लाग्दा अध्यक्ष सहितका केही कर्मचारी कमाउधन्दामा लागेकाे महेन्द्र मल्लकाे आराेप छ ।
अस्पतालकाे वेथिति दैनिक बढ्दै गएपछि अध्यक्ष टेकेन्द्र मल्ल र मेसु बिरुद्ध अख्तियार र बाँके सिडिओ अफिस हुँदै स्वास्थ्य मन्त्रालयमा समेत उजुरी दर्ताको तयारी भैरहेकाे श्रोत बताउँछ ।
यस बिषयमा अस्पतालका अध्यक्ष मल्लसँग बुझ्न खाेज्दा मल्लकाे फाेन लागेन भने म्यासेज गर्दा कुनै रेस्पाेन्स नहुँदा प्रतिक्रीया लिन सकिएन ।






